प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत

सारांश

  • काठमाडौं, २० माघ- प्रदेश ५ को नामकरण गौतम बुद्धसँग सम्बन्धित हुनुपर्ने पक्षमा दलहरू सहमत देखिएका छन् ।
  • गौतम बुद्धसँगै जोडिएको लुम्बिनी नाम बढी चर्चामा छ ।
  • तर, साबिकको लुम्बिनी अञ्चलसँगै राप्ती र भेरी अञ्चल जोडिएको, थारू, मगरात र खस–आर्यको क्लस्टर मिलाउनुपर्ने अवस्था आए बुद्धको नामसँगै कुनै अर्को नाम पनि जोड्न सकिने विकल्पमा छलफल सुरु भएको छ ।

काठमाडौं, २० माघ- प्रदेश ५ को नामकरण गौतम बुद्धसँग सम्बन्धित हुनुपर्ने पक्षमा दलहरू सहमत देखिएका छन् । गौतम बुद्धसँगै जोडिएको लुम्बिनी नाम बढी चर्चामा छ । तर, साबिकको लुम्बिनी अञ्चलसँगै राप्ती र भेरी अञ्चल जोडिएको, थारू, मगरात र खस–आर्यको क्लस्टर मिलाउनुपर्ने अवस्था आए बुद्धको नामसँगै कुनै अर्को नाम पनि जोड्न सकिने विकल्पमा छलफल सुरु भएको छ । बाँके, बर्दियासम्मलाई विश्वासमा लिन लुम्बिनी नभनी सिद्धार्थ गौतम, गौतम बुद्ध, बुद्धसँगै अर्को कुनै क्लस्टर वा भूगोल जोडेर नाम राख्न सकिने विभिन्न दलका सांसद बताउँछन् ।

संविधानअनुसार प्रदेश सभाको दुईतिहाइ मतले प्रदेशको नाम राख्न सक्नेछ । अरू विषयमा दलहरूबीच मतान्तर भए पनि प्रदेशको राजधानी तोक्ने र यसको नाम राख्ने विषयमा भने दलीयभन्दा भौगोलिक अवस्थिति र भौगोलिक निकटता हाबी हुने देखिएको छ ।

प्रदेश ५ अन्तर्गत पहिलेको लुम्बिनी अञ्चलमा कपिलवस्तु, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा जिल्ला पर्छन् । त्यस्तै, राप्ती अञ्चलका पूर्वीरुकुम, प्युठान पनि लुम्बिनी वा बुद्धसँग सम्बन्धित नामका विषयमा असहमत रहने देखिएको छैन । किनकि, प्रदेशको अस्थायी राजधानी दाङ नभई बुटवल तोकिँदा राप्तीका रुकुम, प्युठान र रोल्पाले समेत खासै असन्तुष्टि जनाएनन् । दाङमा असन्तुष्टि देखियो, तर पश्चिमका बाँके र बर्दियाले पनि प्रदेश बुटवल तोकिँदा खासै प्रतिक्रिया देखाएनन् । यसकारण भोलि भोटिङ हुँदा पनि लुम्बिनी र राप्तीबाट प्रतिनिधित्व गर्ने दलहरूकै सांसदको प्रस्ट दुईतिहाइ मत पुग्ने हुँदा लुम्बिनी नाम नै हुने सम्भावना बढी देखिन्छ । पहिलेको लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने जिल्ला धेरै रहेको र बुद्धका विषयमा खास कोही पनि विभाजित नभएकाले उनीसँगै सम्बन्धित नाम प्रदेश ५ को रहने पक्कापक्की छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने
Netflix severs ties House of Cards Star Kevin Spacey amid sex assault allegations
Netflix severs ties House of Cards Star Kevin Spacey amid sex assault allegations
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार
उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार
ओलीलाई अध्यक्षबाट हटाउने दाहाल नेपालको तयारी
ओलीलाई अध्यक्षबाट हटाउने दाहाल नेपालको तयारी
प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल
प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल