कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
२१ पटक हेरिएको
Shares
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल

सारांश

  • स्याङ्जा, २ भदौ : जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९(को संक्रमण देखिएको छ ।
  • जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
  • जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको उपचार गराइएको जिल्ला अस्पतालसमेत शिल गरिएको हो ।

स्याङ्जा, २ भदौ : जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९(को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।

जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको उपचार गराइएको जिल्ला अस्पतालसमेत शिल गरिएको हो । कैदीबन्दीलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

कैदीबन्दीका उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका व्यक्तिको अहिले कन्ट्रयाक्ट टे«ेसिङ शुरु भएको छ । कारागारमा १५० कैदीबन्दी छन् । प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कारागारको सुरक्षासमेत नेपाली सेनाले गर्दै आएको छ । प्रहरीमा कोरोना देखिएपछि कारागार भित्र आउजाउ गर्न बन्द गरिएका अवस्थामा पनि कोरोना संक्रमण देखिएकाले आफू अन्योलमा परेको जेलर चूडामणि भण्डारीले बताए ।

जिल्ला अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा उपचार गराइएका कारागारका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएकाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्रयाक्ट टे«ेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ ८ गतेसम्म अस्पताल शिल गर्ने निर्णय गरेकाले सबै सेवा बन्द गरिएको जनाएको छ । कैदीबन्दीमा संक्रमण पुष्टि भएसंँगै जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ भने १७२ जना निको भएर घर फर्किएका छन् ।-रासस

(https://bolivarescapes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास
आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।

तपाईंले छुटाउनुभयो कि?