गरिबी बढ्ने भयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ७, २०७७
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • गत वर्ष नेपालका लागि केही सुखद खबर आयो।
  • गत वर्ष (सन् २०१९) नेपाल निम्नमध्यम आय भएको श्रेणीमा उक्लियो।
  • नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ९५ अमेरिकी डलर पुगेपछि मुलुकको हैसियत पनि बढेको थियो।

गत वर्ष नेपालका लागि केही सुखद खबर आयो। गत वर्ष (सन् २०१९) नेपाल निम्नमध्यम आय भएको श्रेणीमा उक्लियो। नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ९५ अमेरिकी डलर पुगेपछि मुलुकको हैसियत पनि बढेको थियो।

सरकारले सन् २०३० सम्ममा मुलुकलाई मध्यम आयस्तरको श्रेणीमा पु¥याउने लक्ष्य राखेको छ। अहिले गरिबी करिब १८ प्रतिशत छ। मध्यम आयस्तरमा पुग्न पाँच प्रतिशतमा झार्नुपर्ने हुन्छ। तर दुर्भाग्य, यही समयमा देखिएको कोभिड १९ महामारीले गतवर्षको सफलता र आगामी लक्ष्यमा तुषारापात हुने देखिएको छ।

कोभिडको कारण मुलुकको गरिबी तीनचार प्रतिशतले बढ्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा बताउँछन्। ‘रोजगारी र आम्दानी गुमेपछि गरिबी बढ्छ,’ उनले भने, ‘अहिले उत्पादन र व्यापार चक्र प्रभावित भएको छ।’

कोभिडका कारण अर्थतन्त्रमा आएको गम्भीर समस्या र त्यसले निम्ताएको बेरोजगारीका कारण सबै क्षेत्र लथालिंग हुन पुगेको हो। कोरोनाको कारण लामो लकडाउन र त्यसपछि व्यापार व्यवसाय नतंग्रिँदै फेरि मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यसले निम्न र मध्यवर्गीय परिवारको रोजगारी गुमेको छ भने क्रयशक्ति पनि घटाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता
सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद
पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद
सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे
सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल