कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित

सारांश

  • काठमाडौं, १० असार ।
  • चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ ।
  • दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् ।

काठमाडौं, १० असार । चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ ।

दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् ।  नयाँ पत्रिका दैनिकका अनुसार दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १०९ घाइते भएको महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटोले जनाएकाे छ ।

सडकमा ट्राफिक लाइट, लेन लाइन, जेब्रा क्रसिङ, आकाशे पुल तथा वैज्ञानिक फुटपाथ नहुँदा दुर्घटना बढेको सातदोबाटो ट्राफिक वृत्तका प्रमुख सीताराम हाछेथू बताउँछन् । ‘सडकको दुवैतर्फ आंशिक रूपमा गाडी चलेको ११ महिनाजति भयो । यस अवधिमा २ सय २९ दुर्घटना भए । १२ जनाले त ज्यानै गुमाए,’ हाछेथूले भने, ‘सडकमा लेन रेखा छैन । सडक बत्ती छैन । जेब्राक्रसिङ छैन । न ट्राफिक लाइट राखिएका छन् । सडक पूर्ण रूपमा सञ्चालन नहुँदै यति धेरै दुर्घटना हुनुको कारण यही हो ।’

प्रहरी वृत्त सातदोबाटोका अनुसार जेब्राक्रसिङ, लेन सिग्नल र ट्राफिक सिग्नल नहुँदा दोषीलाई कारबाही गर्नसमेत गाह्रो भएको छ । वृत्त प्रमुख हाछेथूले भने, ‘सडक त बन्यो । ट्राफिक जाम पनि हट्यो । तर, दुर्घटना बढ्यो । दोषी पहिचान गर्न लेन सिग्नल चाहियो । सिग्नल नै नभएपछि कसरी कारबाही गर्ने ? दोषी कसरी प्रमाणित गर्ने ? सडक बनाएपछि आधारभूत आवश्यकता पनि पूरा गर्नुपर्छ ।

बनेको सडक फेरि भत्काइने

सडकको नक्सामै सडकबत्ती, ट्राफिक लाइट, पर्याप्त ओभर हेड ब्रिज नभएपछि चक्रपथ सडक सुधार आयोजना आफैँले सडकमा आवश्यकताअनुसारका संरचना थप्ने योजना बनाएको छ । आयोजनाका अनुसार सडकको काेटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, एकान्तकुना र बल्खु चोकमा ट्राफिक लाइट निर्माण गरिनेछ ।

त्यस्तै, प्रत्येक पाँच सय मिटरको फरकमा निर्माण गरिने ‘ओभर हेड ब्रिज’ पनि आयोजनाले नै गर्नेछ । त्यसबाहेक सडकबत्तीका लागि आवश्यक पोल गाड्ने काम पनि आयोजनाले नै गर्नेछ । यसका लागि उक्त क्षेत्रहरूमा कालोपत्रे गरिएको सडक भत्काउनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?