सुदूरपश्चिममा आज तेस्रो पटक सभामुख पदका लागि निर्वाचन हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ३, २०७९
|
|
३८ पटक हेरिएको
Shares
सुदूरपश्चिममा आज तेस्रो पटक सभामुख पदका लागि निर्वाचन हुँदै

सारांश

  • काठमाडौं ।
  • सुदूरपश्चिम प्रदेशमा आज तेस्रो पटक सभामुख निर्वाचनका लागि मतदान हुने भएको छ ।
  • यस अघि २८ र ३० गते भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज तेस्रो पटक सभामुख निर्वाचनका लागि मतदान हुने भएको छ । यस अघि २८ र ३० गते भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।

आज बिहान १० बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक मार्फत सभामुख चयन प्रक्रिया अघि बढ्ने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेशमा माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको उम्मेदवार हुनुहुन्छ । २८ गते सत्ता गठबन्धनकै एक सांसदको मत बदर भण्डारी सभामुख हुनबाट रोकिनु भएको थियो भने ३० गते नागरिक उन्मुक्तिका ७ सांसदले कतै मत नदिएपछि दोस्रो पटक भण्डारी र रावल दुवैले बहुमत पुग्न सकेको थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक पर्छ । आज १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
मुख्यमन्त्री शाह भन्छन् :  सरकारले छिट्टै पूर्णता पाउँछ
मुख्यमन्त्री शाह भन्छन् : सरकारले छिट्टै पूर्णता पाउँछ
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति