कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !

सारांश

  • काठमाडाै, २६ वैशाख ।
  • गृहमन्त्रीले नेपाललाई रक्सीमुक्त बनाउन लागेको चर्चा चलेपछि बुधबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले पुल्चोकस्थित मन्त्रीनिवासमै पुगेर गृहमन्त्री रामबहादुर थापासँग भेट गरे ।
  • आदिवासी जनजातिहरुको पूजाआजामा रक्सी आवश्यक पर्ने र भगवानलाई प्रसादका रुपमा रक्सी चढाउने गरिएको जनजाति नेताहरुले गृहमन्त्रीलाई सुनाए ।

काठमाडाै, २६ वैशाख । गृहमन्त्रीले नेपाललाई रक्सीमुक्त बनाउन लागेको चर्चा चलेपछि बुधबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले पुल्चोकस्थित मन्त्रीनिवासमै पुगेर गृहमन्त्री रामबहादुर थापासँग भेट गरे ।

आदिवासी जनजातिहरुको पूजाआजामा रक्सी आवश्यक पर्ने र भगवानलाई प्रसादका रुपमा रक्सी चढाउने गरिएको जनजाति नेताहरुले गृहमन्त्रीलाई सुनाए ।

मन्त्री वादललाई उनीहरुले भने ‘जनजातिको चाडबाडमा विदा कटौती गरियो, त्यसैगरी सांस्कृतिकरुपमा प्रयोगमा आउने रक्सी उत्पादनमा पनि रोक लगाउन खोजिएको हो कि भन्ने हामीमा आशंका पैदा भएको छ ।’

आदिवासी जनजातिको बिहेबटुलो एवं आफन्तजनको भेटघाटमा लोकल रक्सी कोसेलीका रुपमा लैजाने गरिएको सुनाउँदै आदिवासी जनजाति नेताहरुले गृहमन्त्रीलाई भने  ‘सरकारले कोदोको रक्सी बन्द गरेर हामीले भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् ।’

आदिवासी जनजातिले उत्पादन गरेको लोकल रक्सी घोप्ट्याउने अनि मल्टिनेशनल कम्पनीको उत्पादनलाई छुट दिइरहने हो भने अन्याय हुने जनजाति नेताहरुको गुनासो थियो ।

जनजाति नेताहरुले लागू औषध नियन्त्रणमा भने सरकारलाई पूर्णरुपमा साथ दिने गृहमन्त्रीलाई बताए । लागू औषध पूर्णरुपमा बन्द गरिनुपर्ने उनीहरुको भनाइ थियो ।

जनजातिहरुको कुरा सुनिसकेपछि गृहमन्त्री थापाले स्पष्ट पार्दै भने ‘हामीले जाँडरक्सी पूरै बन्द गर्ने भनेका हैनौं, यसलाई नियन्त्रण गर्ने भनिएको हो । म मगरको छोरो हुँ, यति कुरा मलाई थाहा छ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tej Kumar

    Hi hi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?