साउनभित्र पार्टी एकता टुङ्गिन्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
साउनभित्र पार्टी एकता टुङ्गिन्छ

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउनुभएको छ ।
  • आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताउनुभएको हो ।
  • एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भन्नुभयो, “पार्टी्भित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताउनुभएको हो ।

एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भन्नुभयो, “पार्टी्भित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ ।” सरकारका काम कारवाहीका विषयमा पार्टी्भित्रको अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्नुपर्छ । दण्डहीनतालाई प्रश्चय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?