१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी

सारांश

  • काठमाडौं, २५ फागुन – बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो ।
  • आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए ।
  • तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्यो ।

काठमाडौं, २५ फागुन – बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो ।

आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्यो । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्दिनथिन्।

जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु पर्यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो । उनले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताइन् ।

विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो ।

रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो । देवीका अनुसार उनले घरधन्दा गर्थिन्, उनका श्रीमान् पसल सञ्चालन गर्थे । पसलबाट राम्रै तरिकाले दैनिकी चलिरहेका बेला देवीको जीवनमा अकस्मात् ठूलो बज्रपात भयो । आफन्त भेट्न दाङ गएका बस्यालको मोटरसाइकल दुर्घटनामा परी निधन भयो ।

श्रीमानको निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उनमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा बनिसकेकी थिइन् । श्रीमानको निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो जसका कारण श्रीमानको काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किइन् ।

शुरुशुरुका दिनमा देवीको धेरै आँशु बग्यो । काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक उनी बीचबाटोमै भक्कानिएकी थिइन् । कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछेको उनले अझै भुल्नु भएको छैन । तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उनले श्रीमानले गर्दै आएको कामलाई निरन्तरता दिन थालेको बताइन् ।

उनलाई शुरुशुरुमा श्रीमानले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो । तर विस्तारै उनको क्षमतामा विकास हुँदै गएपछि व्यापार राम्रो चलेको देवीले बताइन् । यसले विस्तारै उनको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो । तर दुःखको कुरा श्रीमानको निधन भएको करिब एक महिना नपुग्दै साढे दुई लाखको तमसुकसहित साहु आएपछि उनी थप चिन्तित बनेकी थिइन् । तर पनि करिब एक वर्ष नपुग्दै उनले श्रीमानले लगाएको ऋण चुक्ता गरिन् ।

“शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो । जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन । तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो” उनले भनिन् ।

करिब दुई लाखबाट सञ्चालन भएको व्यवसाय हाल आठ लाख बराबरको पुगिसकेको छ । उनका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन् । सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०÷२२ हजार बचत हुँदै आएको छ भने उनले कोहलपुरमा एउटा घडेरीसमेत लिइसक्नु भएको छ ।

“आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु” उनले भनिन् । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ । “समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ । उहाँहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु” देवीले भनिन्।

कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल भएकी छिन्, देवी । यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा आज देवीलाई पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ ।

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको प्रशंसनीय कामको खु्ल्ला हृदयले प्रशंसा गरिन् । उनका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनु पर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ । विभिन्न कारण तथा विभिन्न बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।

तर पनि देवीजस्तै संघर्ष गर्नसके अन्य महिलाको जीवनस्तरमा पनि सुधार आउने उनको धारणा छ । यस वर्षको महिला दिवसले सम्पूर्ण महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिलोस् भन्दै आचार्यले सम्पूर्ण रोल्पाली महिलालाई शुभकामना पनि दिएकी छिन्। रासस

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tulsi Ratna Sthapit

    Bhadur kaiate

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रेन्च कप फुटबल : पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा
फ्रेन्च कप फुटबल : पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
भुटानी शरणार्थी प्रकरणमा टेकनाथ  रिजालले बुझाए १५ लाख
भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजालले बुझाए १५ लाख
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
कर्णालीमा ‘प्रचण्ड’काे २० किलाे चामल प्रख्यात !
कर्णालीमा ‘प्रचण्ड’काे २० किलाे चामल प्रख्यात !
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्

तपाईंले छुटाउनुभयो कि?