कोरिया जान ४६ हजारले दिए भाषा परीक्षा, ४७ जना किन पक्राउ परे ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
५० पटक हेरिएको
Shares
कोरिया जान ४६ हजारले दिए भाषा परीक्षा, ४७ जना किन पक्राउ परे ?

सारांश

  • सन् २०१९ को कोरियाली भाषा परीक्षामा जेठ २५ गते पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् ।
  • काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ ।
  • जेठ २५ गतेको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

सन् २०१९ को कोरियाली भाषा परीक्षामा जेठ २५ गते पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ ।

जेठ २५ गतेको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाइ गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादिन ढङ्गबाट चलेको उनले जानकारी दिए ।

भाषा परीक्षा जेठ २६ गते आइतबार पनि सञ्चालन हुनेछ । सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए ।

भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम
२ सय करोड लगानी थप्दै नर्भिकलाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने घोषणा
२ सय करोड लगानी थप्दै नर्भिकलाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने घोषणा
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे दलालको भागाभाग
जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे दलालको भागाभाग
The way to select an Internet Boardroom
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन