पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
४२ पटक हेरिएको
Shares
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा

सारांश

  • स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ।
  •  भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ।
  • अधिकारीहरूका अनुसार स्वास्थ्य परीक्षण गरिएपछि बुवाछोरीलाई छुट्टा(छुट्टै जेल पठाइएको थियो।

स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ। भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ।

अधिकारीहरूका अनुसार स्वास्थ्य परीक्षण गरिएपछि बुवाछोरीलाई छुट्टा(छुट्टै जेल पठाइएको थियो। नाम उल्लेख नगर्ने शर्तमा रावलपिण्डीस्थित अडियाला जेलका एक अधिकारीले अरू कैदीसरह शरिफ र मरियमले पनि कैदीको पोशाक लगाउनुपर्ने हुन्छ।

उनका अनुसार जेलमा नियमित बाहेक अरू सुरक्षा निकायका अधिकारीहरूलाई पनि खटाइएको छ। शरिफ र मरियमले चाहेमा कैदीको पोशाक आफैँले पनि बनाउन लगाउनसक्ने जेलका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री भएको नाताले शरिफलाई ’ए श्रेणी’ र मरियमलाई ’बी श्रेणी’ को कैदीका रुपमा राखिएको छ। पाकिस्तानको पञ्जाब प्रान्तका ४२ जिल्लामध्ये दुई जिल्ला (बहावलपुर र रावलपिण्डी) का जेलमा मात्रै कैदीले ’ए श्रेणी’ को सुविधा पाउने व्यवस्था छ।

’सी श्रेणी’मा हत्या, चोरी, लुटपाट र झैझगडा लगायतका अपराधमा सजाय पाएकाहरूलाई राख्ने गरिएको छ। झैझगडामा संलग्न तर प्रतिष्ठित परिवारको भएका कैदीहरूलाई चाहिँ ’बी श्रेणी’ अन्तर्गत राख्ने चलन छ।

जेल अधिकारीहरूका अनुसार ’ए श्रेणी’ अन्तर्गत उच्च सरकारी अधिकारीहरू बाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई राख्ने गरिएको छ। ’ए श्रेणी’ अन्तर्गत राखिने कैदीलाई बस्नका लागि दुईवटा कोठा दिइन्छ। त्यसमा ओछ्यान, एसी, फ्रीज र टीभीका साथै भान्सा पनि हुन्छ।

’ए श्रेणी’ का कैदीले जेलको खानाको सट्टा आफैँले पकाएर पनि खान पाउँछन्। त्यसबाहेक उनीहरूले काम गर्ने दुईजना कैदी पनि पाउँछन्। ’बी श्रेणी’ का कैदीले चाहिँ एउटा कोठा र काम गर्ने एउटा कैदी पाउँछन्। जेल अधिकारीले चाहेमा कामका लागि अर्को कैदी पनि उपलब्ध गराउन सक्छन्। बीबीसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो
मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो
सडक दुरघटनामा परि कलाकार ओम क्षेत्रीको मृत्यु…
सडक दुरघटनामा परि कलाकार ओम क्षेत्रीको मृत्यु…
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै
कृषि र पर्यटनले स्याङ्वासीको विदेशीनेक्रम रोकिँदै
कृषि र पर्यटनले स्याङ्वासीको विदेशीनेक्रम रोकिँदै
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत