कोरोनाबाट बढि प्रभावित यी पाँच मुलुक
सारांश
- एजेन्सी ३१ असार स् विश्वभर फैलिएको कोरोना संक्रमणको असर विश्वमै परेको छ ।
- विश्वका पाँच मुलुकहरुमा सबैभन्दा धेरै संक्रमण देखिएको छ ।
- बुधबारसम्ममा अत्यधिक संक्रमित देखिएका राष्ट्र अमेरिका, ब्राजिल, भारत, रसिया र पेरु हुन् ।
एजेन्सी ३१ असार स् विश्वभर फैलिएको कोरोना संक्रमणको असर विश्वमै परेको छ । विश्वका पाँच मुलुकहरुमा सबैभन्दा धेरै संक्रमण देखिएको छ । बुधबारसम्ममा अत्यधिक संक्रमित देखिएका राष्ट्र अमेरिका, ब्राजिल, भारत, रसिया र पेरु हुन् ।
विश्वको सबैभन्दा बढि कोरोना प्रभावित देश अमेरिका बनेको छ। हालसम्म ३४ लाख भन्दा बढिमा कोरोना संक्रमण पाइएको छ । त्यसैगरी ब्राजिलमा १९ लाख भन्दा बढिमा संक्रमण पुष्टि भएको छ।ब्राजिल कोरोना प्रभावित शीर्ष मुलुकमध्येको दोश्रो स्थानमा छ ।
त्यसैगरी भारत विश्वकै कोरोना प्रभावित बन्ने तेश्रो स्थानमा रहेको छ । यस देशमा हालसम्म ९ लाख भन्दा धेरै कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट प्रभाव परेको अर्को चौथो राष्ट्र हो रसिया जहाँ ७ लाख ३८ हजार भन्दा धेरै संक्रमित पाइएको छ ।
संक्रमणबाट असर पर्ने पाँचौ स्थानमा रहेको छ पेरु । त्यहाँ तीन लाख ३३ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया