भारतबाट भ्याक्सिन, चीनबाट ‘अघोषित नाकाबन्दी’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
४३ पटक हेरिएको
Shares
भारतबाट भ्याक्सिन, चीनबाट ‘अघोषित नाकाबन्दी’

सारांश

  • यतिबेला चीनसँगको नाका ठप्पप्रायः छ ।
  • चीनले कोरोना भाइरसको महामारीको नाममा सीमामा निकै कडाई गरेर अघोषित नाकाबन्दी नै गरेको छ ।
  • यसले आयात निर्यात ठप्प छ ।

यतिबेला चीनसँगको नाका ठप्पप्रायः छ । चीनले कोरोना भाइरसको महामारीको नाममा सीमामा निकै कडाई गरेर अघोषित नाकाबन्दी नै गरेको छ । यसले आयात निर्यात ठप्प छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

केरुङ र तातोपानी नाकाबाट चिनियाँ सामान सहज रुपमा प्रवेश पाएको छैन । कतिपय सामानहरु नाकाभन्दा टाढा नै अड्किएर व्यवसायी पीडामा परेका छन् । समुन्द्री मार्ग हुँदै सामान आयात गर्नुपर्दा ढुवानी खर्च बढ्न गई नेपाली बजारमा चिनियाँ सामानको मूल्य चुलिएको छ । सरकारले कूटनीतिक पहल गर्दा पनि चीन सकारात्मक बन्न सकेको छैन ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चीनतर्फ ढल्केको बुझाईका आधारमा नाकामा कडाई गरेको बुझिएको छ । विगतमा पनि चीनले भूकम्पपछि तातोपानी नाका बन्द गरेको थियो । नाका खोलेपनि फेरि कोभिडको कारण जनाउँदै कडाई गरेको छ । जहाँ सामान काम नलाग्ने गरी चिनियाँ क्षेत्रमा बिग्रिएका छन् । यसले सयौंको संख्यामा व्यापारी डुबेका छन् ।

चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएको हो । प्रतिबन्धले नेपालको अर्थतन्त्रमा ठूलो समस्या देखापरेको छ । व्यवसायी र नागरिकलाई निकै समस्या भोग्नु परेको छ ।चीनले महामारीबीच नेपाल प्रति देखाएको प्रतिबन्धले नेपाललाई विभिन्न क्षेत्रमा असर पर्ने भएको छ । निर्माणाधीन क्रममा रहेको जलविद्युत आयोजनाको सम्पूर्ण सामाग्रीहरु चीन र नेपालको सीमामा अड्केको छ ।

चीनको ‘अघोषित नाकाबन्दी’ ले नेपालको एक अर्ब डलरको आर्थिक नोक्शानी पुग्ने देखिन्छ ।

८० प्रतिशत नेपाल भारत निर्यात र आयात भइरहँदा पनि चीन र नेपालबीचको कार्गो सम्बन्धमा केही प्रोटोकलहरु रहेको छ । नेपाली ट्रकहरु विना कुनै स्वीकृती कोलकाता र बिसाखापटनम सम्म जाने अनुमति रहेको छ । त्यसैगरी चीनले कहिले आफ्नो शहरमा नेपाली ट्रक भित्रिन नदिने विषय उजागर भएको देखिन्छ । चीनले नेपाली व्यापारहरुलाई व्यापार गर्न तीब्बत भ्रमणमा समेत रोक लगाएको छ । तत्काल नेपाली व्यापारीहरु रसुवागढी र तातोपानीमात्र प्रवेश गर्ने अनुमति दिएको छ । नेपाली ट्रकहरु मितेरी पुलसम्म मात्र जाने अनुमति छ । झानझियाङ र सेन्जेन प्रान्तको प्रोटोकल अनुसार नपाली ट्रकहरु चीनको मुख्यभुमिमा चल्न पाउनेछन् । तर, त्यसमा रोक आउँदा प्रश्न तेर्सिएको छ ।

चीनले नेपाली व्यापारीलाई तिब्बत भ्रमण गर्न रोकेको छ । स्थानीय व्यापारलाई बलियो बनाउन यस्तो शैली अपनाएको छ । व्यापारीहरु रसुवागढी र तातोपानीबीचको मितेरी पुलसम्म मात्र जान पाउँछन ।

दक्षिणी छिमेकी भारतले भने नेपाललाई कोरोना महामारीका बीच आवतजावत्मा प्रतिबन्ध लगाएको छ । महामारीको केही महिना सीमामा कडाई गरिएपनि पछि सामान्य अवस्थामा आएको थियो । आयात निर्यात पनि नियमित भइरहेको छ ।

भारतले आजै १० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुदानस्वरुप दिएको छ । विश्वका सम्पन्न देशहरुले पैसा तिर्छु भन्दा पनि नपाइरहेको भ्याक्सिन नेपालले पाएको छ । भारतले नेपालसँगको प्रगाढ सम्बन्धलाई यसपटक फेरि प्रमाणित गरेको छ । महामारीलाई साझा चुनौती भन्दै भारतले सहयोगको प्रतिवद्धतालाई व्यवहारमा उतारेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प
वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन
एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम
किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या
यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या