युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते

सारांश

  • नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको गाडी दुर्घटना भएको छ ।
  • चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् ।
  • घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको पञ्चकन्या गाउँपालिका–४ थप्रेकस्थित आरुखर्क सनलघारीमा यूनडीपीका कर्मचारी सवार बा ३ च ५७११ नम्बरको टाटा सुमो गाडी दुर्घटना भएकाे हाे । गाडी कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको छ ।

दुर्घटनामा चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

दुर्घटनाअघि उक्त गाडी घ्याङफेदी पुगेर सातविसे हुँदै आरुखर्क जाँदै गरेको उनले बताए । दुर्घटनालगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

घाइतेको नाम मंगलबार अबेरसम्म खुलेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौ पठाइएको खरानीटार इलाका प्रहरी चौकीका इन्जार्च प्रहरी निरीक्षक नरेशकुमार महतोले जानकारी दिए ।

थप्रेकमा युएनडीपीको सहयोगमा निर्माण भई रहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारी बट्टारबाट गाडी भाडामा लिएर गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?