बलबहादुर केसीलाई सभापति बनाउन देउवालाई गच्छदारको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
१५ पटक हेरिएको
Shares
बलबहादुर केसीलाई सभापति बनाउन देउवालाई गच्छदारको प्रस्ताव

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले भावी सभापति बारे बहस सुरु गरेका छन्।
  • अधिवेशन आउन करिव २ बर्ष बाँकी रहँदा नेताहरुले पार्टीको भावी सभापतिका सम्बन्धमा नाम लिएर प्रस्ताव गर्न थालेका हुन्।

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले भावी सभापति बारे बहस सुरु गरेका छन्। अधिवेशन आउन करिव २ बर्ष बाँकी रहँदा नेताहरुले पार्टीको भावी सभापतिका सम्बन्धमा नाम लिएर प्रस्ताव गर्न थालेका हुन्।

पार्टी मुख्यालय सानेपामा जारी कार्य समितिको शुक्रबार बसेको बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्ने क्रम जारी छ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री विजयकुमार गच्छदारले सभापति देउवासँग भावी सभापतिका बारेमा निर्णय लिन ढिला गर्न नहुने जनाए।

नेता गच्छदारले सभापति देउवातर्फ फर्कँदै भने, ‘अब तपाइँ नेपाली काँग्रेसको सभापति र पटक पटक प्रधानमन्त्री भइसक्नुभयो। यसमा म र अरु धेरै नेताहरुको सहयोग छ। तर अब तपाइँले हामीलाई भन्नुपर्‍यो कि भावी नेतृत्व कसलाई दिने?” बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

नेता गच्छेदारले आफू पनि सभापतिका लागि उत्तिकै योग्य भएको तर देउवाले चाहेको व्यक्ति जसलाई सभापति बनाउन पनि आफू तयार रहेको जनाए।

बैठकमा नेता गच्छदारले भावी सभापतिका रुपमा बलबहादुर केसीलाई बनाउनु प्रस्ताव समेत देउवा समक्ष राखे।

”तपाइँजस्तै अझ तपाइँभन्दा बढी नेविसंघदेखि नै लडेर आउनुभएका बलबहादुर केसीलाई अबको सभापति बनाऔँ, म तयार छु। तर तपाइँले भन्नुपर्‍यो।” गच्छादारको भनाइ थियो।

पटक पटक बलबहादुर केसीलाई सभापतिमा अघि सारौं भनेपछि अरु नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह जसलाई देउवाले चाहानुहुन्छ उसैलाई सभापति स्वीकार्न पनि आफू तयार रहेको धारणा नेता गच्छेदारले राखेका थिए।

गच्छेदारले बोल्नुअघि नेताहरु सिटौाला र केसीले बोलेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?