कोरोना अपडेटः शुक्रवार ३७ सय ५० संक्रमित पुष्टि, ६७ जनाको मृत्यु
सारांश
- आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ५० जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- २४ घन्टामा आज ६७ जना संक्रमितको मृत्यु भएको छ ।
आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा आज ६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।
आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया