टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
सारांश
- काडमाडौं : सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियामाथि ८ विकेटको जित निकिालेको छ।
- मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.
- ४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
काडमाडौं : सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियामाथि ८ विकेटको जित निकिालेको छ। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको मेलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनायो। नेपालललाई जित दिलाउँने क्रममा कप्तान पारस खड्काले र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरे। ३७ बलमा ५२ रन बनाएका पारसले २ छक्का र ५ चौका प्रहार गरे। पारसलाई राम्र साथ दिएका ज्ञानेन्द्रले २४ बलमा १ छक्का र २ चौकासहित २७ रन बनाए। १०१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रह्यो। दोस्रो ओभरमा नै ६ बल खेलेका अनिलकुमार शाह १ रनमा आउट भए। नेपालको स्कोर २ रन मात्रै थियो। तेस्रो नम्बरमा कप्तान खड्का ब्याटिङ गर्न आए। छैटौं ओभरमा स्कोर ३२ रन हुँदा १२ बलमा १२ रन बनाएर विनोद भण्डारी पेभिलियन फर्किएर। त्यसपछि आएका ज्ञानेन्द्र मल्ल र क्रिजमा रहेका पारसले ६९ रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए।
बलिङतर्फ पनि नेपालको प्रदर्शन उत्कृष्ट रहयो। नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने सोमपाल कामीले ३ र कप्तान पारस खड्काले १ विकेट लिए। मलेसियाका लागि शाफिक शरिफले ४९ र सायद अजिजले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। मलेसियाका तीन ब्याट्म्यान शुन्य रनमै आउट भए। राम्रो ओपनिङ गरेको मलेसियाको ४.४ ओभरमा ३० रन हुँदा सन्दीपले पहिलो र ६.४ ओभरमा ३६ रन हुँदा दोस्रो विकेट लिएका थिए।
१२ औं ओभरमा ७५ रन हुँदा सोमपाल कामीले लगातार तेस्रो र चौथो विकेट झारेपछि मलेसियाकाका कुनै ब्याट्सम्यानले राम्रो पार्टनसिफ गर्न सकेनन् । पहिलो खेलमा म्यानमारमाथि पनि ८ विकेटको जित निकालेको नेपालले आइतबार थाइल्याण्डसँग खेल्दैछ।
प्रतिक्रिया