सुनको मूल्यमा ८०० वृद्धि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
सुनको मूल्यमा ८०० वृद्धि

सारांश

  • काठमाडौँ ९ असोज।
  • लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको मूल्यमा असोज ९ गते, शुक्रबार वृद्धि भएको छ।
  • यस दिन सुन तोलामा ८०० रुपैयाँले बढेको हो।

काठमाडौँ ९ असोज। लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको मूल्यमा असोज ९ गते, शुक्रबार वृद्धि भएको छ। यस दिन सुन तोलामा ८०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारदेखि बिहीबारसम्म चार हजार १०० रुपैयाँले घटेको सुन र चाँदीको मूल्य शुक्रबार बढेको हो। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेर एक हजार १२० रुपैयाँमा झरेको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि शुक्रबार सुन र चाँदीको दुबैको भाउ बढेको छ । सो बजारमा सुन प्रति अउन्स एक हजार ८७३ डलरमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने यस दिन प्रतिअउन्स २३ डलर भन्दा बढिमान खरिदबिक्री भइरहेको छ ।(मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?