मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
सारांश
- काठमाडौं, १६ माघ ।
- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.
- बाबुराम भट्टराईले मौन बस्नुलाई पनि अपराध भन्दै बलात्कारविरुद्ध बोल्न आव्हान गरेका छन् ।
काठमाडौं, १६ माघ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मौन बस्नुलाई पनि अपराध भन्दै बलात्कारविरुद्ध बोल्न आव्हान गरेका छन् । डा. भट्टराईले ट्वीट गर्दै बलात्कारविरुद्ध बोलेर अपराध रोक्नतर्फ लाग्न आग्रह गरेका छन् ।
“केही समययता राजधानी काठमाण्डौ र आसपासमा नै जघन्य बलात्कारका अपराधलाई प्रहरी र न्यायालयले उन्मुक्ति दिएका घटना अत्यन्त गम्भीर छन् । देशैभर बलात्कारका घटनामा बृद्धि हुनु चिन्ताजनक छ भने राज्यका अंगबाट उन्मुक्ति दिइनु झन् आपत्तिजनक छ । यसबरे मौन बस्नु पनि अपराध हो है । बोलौं, अपराध रोकौं”, नेता भट्टराईले भनेका छन् ।
केही समय यता राजधानी काठमाण्डौ र आसपासमा नै जघन्य बलात्कारका अपराधलाई प्रहरी र न्यायालयले उन्मुक्ति दिएका घटना अत्यन्त गम्भीर छन्।देशैभर बलात्कारका घटनामा वृद्धि हुनु चिन्ताजनक छ भने राज्यका अंगबाट उन्मुक्ति दिइनु झन् आपत्तिजनक छ।यसबरे मौन बस्नु पनि अपराध हो है!बोलौं,अपराध रोकौं! https://t.co/Xr9C6tUjcz
— Baburam Bhattarai (@brb1954) January 30, 2018
Bikram Basnet
Bolera ke garnu? saja ta yasto hosna balatkar garneko sathiharu pani sutna nasakos saja samjhi samjhi darawos kanpos tabapo parinam ptv aauxha,