१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
२८ पटक हेरिएको
Shares
१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

सारांश

  • बीबीसी।
  • भारतीय वायु सेवाको वेपत्ता भएको विमानको खोजी जारी रहेको छ।
  • उक्त विमानको खोजी गर्न स्थल सेनाको पनि सहायता लिइएको बीबीसीले जनाएको छ।

बीबीसी। भारतीय वायु सेवाको वेपत्ता भएको विमानको खोजी जारी रहेको छ। उक्त विमानको खोजी गर्न स्थल सेनाको पनि सहायता लिइएको बीबीसीले जनाएको छ।वायु सेनाको एएन–३२ विमान आइतबार चीनको सीना नजिकै वेपत्ता भएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार विमान वेपत्ता भएपछि अहिले पनि विमानको खोजी कार्य जारी रहेको छ।विमान खोजी गर्ने अभियानमा विशेष अपेरशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ र स्थल सेनाका आधुनिक हेलिकप्टर परिचालन गरिएको छ।यस बाहेका भारतीय वायु सेनाका अन्य सरकारी र सिभिल एजेन्सीको सहयोग पनि दिइएको छ।

वायु सेनाका प्रवक्ताका अनुसार सोमबार रातभर विभिन्न टीम बनाएर बेपत्ता भएको विमानको खोजी गरिएको छ।रक्षा मन्त्री राजनाथ सिंहले भाइस चीफ एयर मार्शल राकेश सिंह भदौरियासँग यो विषयमा छलफल गरेका छन्।१३ जनालाई लिएर असमको जोरहाटबाट उडान भरेको एएन–३२ विमान १५ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो। भारतीय सेनाका प्रवक्ता विंग कमाण्डर रत्नाकर सिंहका अनुसार विमानमा चालक दलका आठ सदस्यसहित १३ जना सवार थिए। उनीहरु सबै वायु सेनासँग सम्बन्धित थिए।प्रवक्ताका अनसार विमानले जोरहाटबाट १२ बजेर २५ मिनेटमा अरुणाचल प्रदेशको मेचुका एडभान्स ग्राउण्डकालागि उडान भरेको थियो। तर केही समयपछि विमान सम्पर्कविहीन भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?