नाकाबन्दीले आप्रवासी चपेटामा
सारांश
- ओम प्रकाश बानियाँ दोहा,कतार जब तपाईं आफ्नो मेहनत, परिश्रमले अगाडि बढ्ने कोशिष गर्नु हुन्छ तब तपाईंलाई पछाडि बाट खुट्टा तान्नेहरु धेरै हुन्छन् ।
- चाहे त्यो एक ब्यक्तिले अर्को ब्यक्तिलाई होस् या एउटा देशले अर्को देशलाई होस् ।
- यस्तै अहिले छोटो समयमा विकासको निकै फड्को मार्ने सफल कतारलाई साउदी अरेबियाको नेतृत्वमा युनाईटेड अरब ईमीरेट्स ९दुबई०, बहराइन लगायत ९ वटा देशले संयुक्त रुपमा नाकाबन्दी लगाएको करिब छ महिना बितिसक्यो ।
ओम प्रकाश बानियाँ
दोहा,कतार
जब तपाईं आफ्नो मेहनत, परिश्रमले अगाडि बढ्ने कोशिष गर्नु हुन्छ तब तपाईंलाई पछाडि बाट खुट्टा तान्नेहरु धेरै हुन्छन् । चाहे त्यो एक ब्यक्तिले अर्को ब्यक्तिलाई होस् या एउटा देशले अर्को देशलाई होस् । यस्तै अहिले छोटो समयमा विकासको निकै फड्को मार्ने सफल कतारलाई साउदी अरेबियाको नेतृत्वमा युनाईटेड अरब ईमीरेट्स ९दुबई०, बहराइन लगायत ९ वटा देशले संयुक्त रुपमा नाकाबन्दी लगाएको करिब छ महिना बितिसक्यो ।
आतंककारीलाई संरक्षण र आर्थिक सहयोग गरेको भन्दै जुन ६ देखि १३ बुदे माग सहित औपचारिक रुपमा जल, स्थल र हवाई नाकाबन्दी खेपेको कतारले अहिले सम्म पनि नाकाबन्दीलाई खुकुलो पार्ने सफल भएको छैन । तर कतारका उच्च अधिकारीहरु भने यो आरोप निराधार र कपोकल्पित मात्र रहेको बताउदै आएका छन् । साउदी अरब, युनाईटेड अरब ईमीरेट्स युएई, बहराइन का आधा दर्जन भन्दा ठुला कम्पनी अहिले बन्द हुने अबस्थामा छन् । अरु विभिन्न ठुला तथा साना कम्पनीले पछि सहज भएपछि बोलाउने आश्वासनमा कामदारलाई आफ्नो मुलुक पठाउन थालेका छन् । कति कम्पनीले रिलिज पेपर दिदै अर्को कम्पनीमा पठाउदै छन् । रेमिटेन्सले चलेको हाम्रो देशमा यसरी रोजगार गुम्दा नेपाल र नेपालीहरुलाई धेरै घाटा हुने देखिन्छ ।
मिनी नेपाल भनेर चिनिने कतारमा ४ लाख नेपालीको बसोबास रहेको छ । २०१४ को तथ्यांक अनुसार कतारमा २३ लाख मानिस बसोबास गर्दै आएका छन् । कतारको आफ्नो नागरिक ३ लाख १३ हजार रहेको तथ्यांकले देखाउछ । नेपालले प्राप्त गर्ने रेमिटेन्समा पछिल्लो समयमा कतारको योगदान १०(१८ प्रतिशत रहदै आएको छ । नेपाल श्रम मन्त्रालयले दिएको तथ्यांक अनुसार अहिलेसम्म साढे १२ लाखले कतारमा रोजगारको श्रम स्वीकृति लिएको छन् । हाल कतारमा रहेको अप्रावासीको सङ्ख्यामा नेपाल दोस्रो नम्बरमा आउँछ । पहिलो नम्बरमा भारतीय नागरिक आउछन् उनीहरू ६ लाखको हाराहारीमा रहेका छन् ।
११ हजार ५ सय ७१ वर्ग किलोमीटर क्षेत्रफल रहेको कतारमा २३ लाख जनसंख्या रहेको छ । यानिकी १३ ५ मात्र कतारीहरु बसोबास गर्छन् । बाकी सबै रोजगारीका लागि कतार आएकाहरु बसोबास गर्छन् । यहाँको प्रतिब्यक्ती आय १ लाख ४५ हजार ८ सय ९४ डलर छ । जुन सन्सार कै सबैभन्दा बढी प्रतिब्यक्ति आय भएको देश पनि हो । कतारको तुलनामा नेपालको प्रतिब्यक्ती आय निकै न्यून छ । जम्मा ८ सय ३७ डलर । नेपाल रास्ट्र बैकको पछिल्लो अध्ययन अनुसार नेपालमा प्रतिपरिवार ६ हजार ५ सय १४ रुपैयाँ मासिक रेमिटेन्सको रुपमा नेपाल भित्रिने गर्दछ ।
कतारमा गर्मिमा असाध्यै ५५ डिग्री सम्म गर्मी हुन्छ भने जाडोमा असाध्यै जाडो हुन्छ । सरदर यहाँ कामदारहरुको सेल्लरी ९(१५ सय कतारी रियल रहेको छ । नेपाली २८(३५ हजार सम्म हुन्छ । तर धेरै नेपालीहरु ठुला(ठुला पोजीसन र आफ्नो कम्पनी समेत खोलेर नबसेको भने होईन । यहाँ लेवरहरुको क्याम्प सनैया, साहनिया, दुखान, रसलाफान आदिमा छन् । यस्तै यहाँका घुम्ने ठाउँहरु मल अफ कतार, पर्ल कतार, भिलाजु, कर्नेच, कतार जु, एसपाएर पार्क, कटरा कल्चरल भिलेज, एटेट ग्रेन्ड मस्जिद, सेफ खलिफा, म्युजियम ईस्लाम आर्ट आदि यहाँका प्रमुख पर्यटकीय स्थलको रुपमा चिनिन्छ । अहिले यी ठाउँहरु प्राय त्यति भिड देखिदैन । यहाँ ईस्लाम ६८।२५, क्रिश्चियन १५।८५, हिन्दु ११।३५, बौद्ध धर्मलम्वी ३।१५ र अन्य धर्म लम्बीहरु ०।७५ रहेको छ ।
२०२२ मा बिस्वकप सन्चालनको लागि दोहाका विभिन्न ठाउँमा आधा दर्जन स्टडियम धमाधम बनिरहेका छन् । स्टडियम संग जोडन मेट्रो रेल, आकाशे पुल, लगायत सडकहरुको काम घमाघम भैरहेको छ । यी कामहरुमा नेपाली कामदारहरु उल्लेखनीय सङ्ख्यामा छन् । कतिले नाकाबन्दीले गर्दा समयमा यी कामहरू समयमा नसकिने हुन् कि भन्ने बिश्लेषण पनि गर्दै आएका छन् । तर कतारका अधिकारीहरु भने अहिले ४५५ काम सकिएकोले समय अवधि भित्र नै यि काम सकिने बताए ।
दोहाका संघ सस्थामा आवद्ध, समाजसेवी एबम लामो समय कतारमा ब्यवसाय गर्दै आउनु भएका टि बी कार्कीले आफु नाकाबन्दीको मारमा परेको बताए। उहाँ थप्नु हुन्छ दुबई, साउदी अरब बाट आउने सामान रोकिएको छ हवाई मार्ग प्रयोग गर्दा कस्ट महगो पर्ने जान्छ । हामी जस्तो सानो ब्यबसाय झन् मारमा परेका छौं । रोजीरोटी जुटाउने सक्रिय ठुलो शक्ति कतारमा हुनुले खाडी सकटको असर नेपाल सम्म पनि थोरै तिनो परेको उनी बताउछन् ।
कतार संग साउदी अरबको जमीनी नाका जोडिएको छ । त्यो बन्द हुँदा ताजा तरकारी फलफुल आयत हुन् पाएको छैन । हवाई मार्ग बाट आउँदा महगो पर्ने जान्छ । कतारमा रेस्टुरेन्ट ब्यबसाय गर्दै आउनु भएका दिपक बस्याल भन्नु हुन्छ लामो समयको नाकाबन्दीले गर्दा हाम्रो ब्यबसाय धरापमा पर्दै गएको छ । एउटा सामान भेटिए पनि अर्को आईटमको सामान पाउदैन पाए पनि महगो पर्छ । ग्राहकलाई महगोमा बिक्री गरौं उनीहरू मान्दैनन् । ब्यापारमा निकै कमी आएको छ । यतिबेला नाफा भन्दा पनि आफ्नो स्टाफ पाल्नलाई धौ(धौ परेको गुनासो छ ।
ग्यास र तेलमा मनग्य आम्दानी गरेको कतारले खाध्यनमा भने छिमेकी देशको भर पर्नु पर्ने हुन्छ । खाद्यान्न आयत गर्दा स्थल मार्ग समेत छिमेकीको प्रयोग गर्नुपर्छ । कतारले प्रमुख रुपमा स्थल मार्ग प्रयोग गर्ने साउदी अरेबिया नै यतिखेर नाकाबन्दी गर्ने रास्ट्रहरुको नेतृत्व कर्ता हो । ठुला(ठुला सुपर मार्केटमा समेत सामानको भाउ महगो हुन् थालेको छ । १ रियल पर्ने सब्जी अहिले ७(८ रियल सम्म छ । कागती, गोल्भेडा, घनियाको दाम बढेकोले एक महिनामा २०० रियलले खाना खाने अहिले ३५०(४०० रियल सम्म पर्ने गएको पोखराका नवीन कार्की बताउछन् । उनी भन्छन् गोलभेडा त सटेज जस्तै हुन्छ । पाई हाल्यो भने महगो पर्ने जान्छ आजकाल सब्जीमा गोल्भेडा समेत हाल्दिन ।
नेपाली नियगका दृतिय सचिव हरि प्रसाद अर्यालले भने अब नाकाबन्दीको असर चाडैं नै हटी पहिला कै अवस्थामा आउने बताउनु हुन्छ । नाकाबन्दीले गर्दा यहाँका नागरिक र अप्रावसी माथि पर्ने गएको असर बुझ्न् अहिले रास्ट्रसंघ को उच्चस्तरीय टोली र विभिन्न देशको प्रतिनिधिहरु कतार आएका र यसलाई खुलाउन प्रयास भैरहेको बताउनु हुन्छ ।
नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराएर नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको कतारले यस किसिमको लामो समय सम्म नाकाबन्दी भोग्नु सिरिफ कतारको लागि मात्र नभई नेपालको लागि पनि दुर्भाग्य र दुस्खद कुरा हो ।
प्रतिक्रिया