कोरोना भाइरस : बेलायतमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध
सारांश
- बीबीसी।
- बेलायतमा सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्धन लगाइएको छ।
- बेलायतका प्रधानमन्त्री बोरिस जनसनले कोरोना भाइरस संक्रमण रोक्नका लागि कयौं प्रतिबन्ध घोषणा गरेका छन्।
बीबीसी। बेलायतमा सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्धन लगाइएको छ।
बेलायतका प्रधानमन्त्री बोरिस जनसनले कोरोना भाइरस संक्रमण रोक्नका लागि कयौं प्रतिबन्ध घोषणा गरेका छन्। बेलायतका जनतालाई घरभित्रै बस्न भनिएको छ। अत्यावश्यक सामान किन्न, औषधि र अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान छुट दिइएको बीबीसीले जनाएको छ।
अत्यावश्यक बाहेकका अन्य पसल बन्द गर्न भनिएको छ। योसँगै सार्वजनिक स्थलमा दुई जना भन्दा बढी मानिस भेला हुन पाउँदैनन्। बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३५ पुगेको छ।
प्रधानमन्त्री बोरिस जोनसनले डाइनिङ स्ट्रीज टेलिभिजन संवोधनमा सरकारी प्रतिबन्ध पालन नगर्नेमाथि कारवाही गर्ने बताए। प्रधानमन्त्रीले लाइब्रेरी, खेलको मैदान, आउटडोर जिम र धार्मिक स्थल बन्द राख्ने आदेश दिएका छन्।
प्रतिक्रिया