वर्षाका कारण बझाङ कारागार भत्कियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
वर्षाका कारण बझाङ कारागार भत्कियो

सारांश

  • बझाङ, १३ साउन ।
  • लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार शनिबार राति भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका छन् ।
  • कारागारभित्र सुतिरहेका अवस्थामा वर्षासँगै जीर्ण भएको कारागारको घेरबार एक्कासि भत्केपछि ५४ कैदीबन्दी कारागारभित्रै मरिने डरले आतंकित भए ।

बझाङ, १३ साउन । लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार शनिबार राति भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका छन् ।

कारागारभित्र सुतिरहेका अवस्थामा वर्षासँगै जीर्ण भएको कारागारको घेरबार एक्कासि भत्केपछि ५४ कैदीबन्दी कारागारभित्रै मरिने डरले आतंकित भए । “जेल घर निकै पुरानो छ, वर्षा लागेसँगै पानी चुहेर भित्र आउँछ, सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छौंँ, राति सुतिरहेको बेला एकाएक ठूलो आवाज आयो, घेराबारसँगै घर भत्किएर सबैको एकै चिहान हुने डरले हामी सबै आत्तिएर गुहार माग्यौँ”, जबरर्जस्ती करणीमा ११ वर्षदेखि सजायँ भोगिरहेका कैदी भरत रावलले बताए ।

कारागारको क्षमता २५ जनाको भए पनि दोब्बरभन्दा बढी ५४ जना कैदी राखिएका छन् । “हामीलाई सरकारले मानवले पाउने व्यवहार नै गरेको छैन । खानेपानी, चर्पी र ढल निकासको समेत राम्रो व्यवस्था छैन ”, कर्तव्य ज्यान मुद्दामा सजायँ भोगिरहेका अम्मर थापाले बताए ।

कारागारको भवन २०४० सालमा निर्माण गरिएको हो जुन निकै जीर्ण रहेको जेलर राजेन्द्र बोहराले बताए । उनले भने, “नयाँ भवनको काम पूरा भएको छैन । काम सकेर हस्तान्तरण भएपछि कैदीलाई राख्ने हो । घेरबार भत्केलगत्तै म पनि राति १२ बजे जेल घरमा पुगेर कैदीबन्दीलाई सान्त्वना दिएको छु । अहिले कारागारका कैदी आतंकित भए पनि बाध्यताले शान्त भएका छन् ।”

शान्ति सुरक्षा बिग्रिन नदिन सुरक्षा कडा पारिएको छ । राति ११ः.३० बजेदेखि नै सुरक्षा कडाइ गरिएको कारागार इञ्चार्ज प्रसनि शेरबहादुर बुढा ऐरले बताए।उनले भने एक्कासि राति कारागारको पर्खाल भत्किएसँगै कैदीलाई सम्हाल्दै रातिदेखि नै आँखा झिम्म नगरी सुरक्षा दिइरहेको प्रहरी सहायक निरीक्षक बुढा ऐरले जानकारी जानकारी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ