प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा

सारांश

  • काठमाडौं, २९ ।
  • संसदीय विशेष सुनवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई शुक्रबार दुईवटा इजलास तोकिएको छ ।
  • उनलाई १ नम्बर एकल इजलास र सोही इजलासमा न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलास तोकिएको हो ।

काठमाडौं, २९ । संसदीय विशेष सुनवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई शुक्रबार दुईवटा इजलास तोकिएको छ । उनलाई १ नम्बर एकल इजलास र सोही इजलासमा न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलास तोकिएको हो ।

न्यायाधीश जोशीले शुक्रबार एकल इजलासमा नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) र पत्रकार राजु बस्नेतको गैर न्यायिक हिरासत सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनवाई गर्दैछन् ।

आगजनी, बिस्फोट र अबैध असुली मुद्दामा काभ्रे प्रहरीको हिरासतमा रहेका कार्की र बिद्युतीय कारोबार ऐन अन्तर्गत महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका बस्नेतका आफन्तले सर्वोच्चमा निवेदन दिएका हन् ।

(ironman.greaterzion.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?