निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

सारांश

  • वालिङ, स्याङ्जा, २३ कात्तिक , मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका राजनीतिक दलले बालबालिकाको प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
  • महिला तथा बालबालिका कार्यालयको आयोजनामा जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा नेपाली कांँग्रेसका जिल्ला सदस्य चन्द्रकान्त पोखरेल, नेकपा (एमाले) जिल्ला सचिव सुधीरकुमार पौडेल, माओवादी केन्द्रका इन्चार्ज शैलेन्द्र घिमिरे, राप्रपा लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष जयनारायण श्रेष्ठ र राप्रपाका सल्लाहकार धनप्रसाद गुरुङले १८ वर्षमुनिका बालबालिकालाई चुनावी प्रचारप्रसारलगायत निर्वाचनसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउने प्रतिबद्धता जनाउनुभएको हो ।
  • प्रमुख जिल्ला अधिकारी महेश आचार्य, पुतलीबजार नगरपालिकाका प्रमुख सीमाकुमारी क्षेत्री, बालअधिकार स्रोतव्यक्ति बद्री वाग्लेलगायतले सरकारले बालअधिकारसम्वन्धी महासन्धि सिआरसीलाई अनुमोदन गरिसकेकाले त्यसमा हामी सबै प्रतिबद्ध हुनुपर्ने जनाउँदै बालबालिका तथा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी विद्यालय शान्ति क्षेत्र र कार्यान्वयन निर्देशिका, २०६८ प्रति सबै सचेत रहन आग्रह गर्नुभयो ।

वालिङ, स्याङ्जा, २३ कात्तिक , मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका राजनीतिक दलले बालबालिकाको प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

महिला तथा बालबालिका कार्यालयको आयोजनामा जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा नेपाली कांँग्रेसका जिल्ला सदस्य चन्द्रकान्त पोखरेल, नेकपा (एमाले) जिल्ला सचिव सुधीरकुमार पौडेल, माओवादी केन्द्रका इन्चार्ज शैलेन्द्र घिमिरे, राप्रपा लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष जयनारायण श्रेष्ठ र राप्रपाका सल्लाहकार धनप्रसाद गुरुङले १८ वर्षमुनिका बालबालिकालाई चुनावी प्रचारप्रसारलगायत निर्वाचनसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी महेश आचार्य, पुतलीबजार नगरपालिकाका प्रमुख सीमाकुमारी क्षेत्री, बालअधिकार स्रोतव्यक्ति बद्री वाग्लेलगायतले सरकारले बालअधिकारसम्वन्धी महासन्धि सिआरसीलाई अनुमोदन गरिसकेकाले त्यसमा हामी सबै प्रतिबद्ध हुनुपर्ने जनाउँदै बालबालिका तथा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी विद्यालय शान्ति क्षेत्र र कार्यान्वयन निर्देशिका, २०६८ प्रति सबै सचेत रहन आग्रह गर्नुभयो ।

सो कार्यका लागि प्रजिअ आचार्यको संयोजकत्वमा सात सदस्यीय अनुगमन समितिसमेत गठन पनि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?