कोरोना सङ्क्रमणबाट दुई जनाको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कोरोना सङ्क्रमणबाट दुई जनाको निधन

सारांश

  • काठमाडौँ ।
  • कोरोना भाइरसको सङ्क्रमणबाट आज दुई जनाको निधन भएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सङ्क्रमित दुई जनाको मृत्यु भएको हो ।

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सङ्क्रमित दुई जनाको मृत्यु भएको हो ।

यसैगरी मन्त्रालयका अनुसार आज दुई हजार दुई सय ९२ जनामा गरिएको परीक्षणमा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ८५ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने कूल सङ्क्रमित सङ्ख्या तीन सय ९७ जना पुगेका छ ।

काठमाडौँ उपत्यकामा २२ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु), चार जना भेन्टिलेटरमा उपचाररत रहनुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?