राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य

सारांश

  • काठमाडौं, २१ पुस ।
  • राष्ट्रिय जनमोर्चाले प्रदेश नं.
  • ४ र प्रदेश नं.

काठमाडौं, २१ पुस । राष्ट्रिय जनमोर्चाले प्रदेश नं. ४ र प्रदेश नं. ५ मा आफ्नोतर्फबाट प्रदेशसभामा पठाउने सांसदहरुको अन्तिम टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश नं. ४ मा पियारी थापा (सुप्रभा) र प्रदेश नं. ५ मा तारा जीसीलाई प्रदेशसभा सदस्यमा पठाउने निर्णय गरेको छ ।

पार्टीका केद्रीय अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिका अनुसार निर्वाचन आयोगले ठेगान गरेको नियमअनुसार प्रदेश नं. ४ मा आदिवासी जनजाति महिला क्लस्टरको १ नं. मा सूचिकृत र प्रदेश नं. ५ मा खस आर्य महिला क्लस्टरको १ नं.मा सूचिकृत उमेदवारलाई नै सिफारिस गर्नुपर्ने व्यवस्था भएअनुसार पियारी थापा र तारा जीसीको नाम टुङ्गो लगाइएको हो । यी दुईजनाको नाम छनोट गरी निर्वाचन आयोगमा पठाइएको अध्यक्ष केसीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?