उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
१५
|
३५ पटक हेरिएको
Shares
उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि

सारांश

  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर कांग्रेस नसच्चिए मधेशमा एमालेका उम्मेद्धवारलाई विजयी गराईदिने चेतावनी दिएका छन् ।
  • प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं.
  • २ का संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णयबाट नेपाली कांग्रेस पछि हटे लगत्तै उनले देउवालाई फोन गरेर यस्तो धम्की दिएका हुन ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर कांग्रेस नसच्चिए मधेशमा एमालेका उम्मेद्धवारलाई विजयी गराईदिने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ का संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णयबाट नेपाली कांग्रेस पछि हटे लगत्तै उनले देउवालाई फोन गरेर यस्तो धम्की दिएका हुन । चुनावी अभियान लिएर धनुषाको जनकपुर पुगेका प्रधानमन्त्री देउवालाई यादवले यस्तो चेतावन िदिएपछि देउवापनि अहिले तनाबमा रहेको बुझिएको छ ।

हुन त कांग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो । यादवको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका सकलदेव सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए । तर, ढिला भएका कारण फिर्ता भएको थिए ।

उम्मेदवारी कायमै रहेपनि यादवलाई समर्थन गर्दै कांग्रेसका उम्मेदवारले प्रचार(प्रसार नगर्ने बताएका थिए । तर, अब कांग्रेसले प्रतिनिधिसभातर्फ पनि आफ्नै उम्मेदवारलाई भोट माग्ने निर्णय गरेको छ ।

बुधबार राजविराजस्थित पार्टी कार्यालयमा भएको बैठकले आफ्नै उम्मेदवारलाई भोट माग्ने निर्णय गरेपछि अहिले फोरम कांग्रेसप्रति आक्रमक बनेको हो ।रिपोर्टसनेपालडटकमबाट

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Chandra Bdr Lamichhane

    Wow….aafu laai janta ko chaavi samjhine Netaa ji…… jasko nagrikta pani nakkali saabit bhai sakeko chha.

    Comment Author

    Umesh Yadav

    याे झुठाे समाचार हाे

    Comment Author

    Sharoj Bhattarai

    Good

    Comment Author

    Raj Kumar Dahal

    भै गो त भोट सबै पकेमै छ

    Comment Author

    Surendra Adhikari

    धोतिको भुकाइ बढी भो।

    Comment Author

    Hari Paudel

    भो धेरै भुकन पर्दैन कति पानी छौ भनेरै सबैले बुझेका छन्।

    Comment Author

    Bijay Shrestha

    यसकाे बल्ल बुद्धि पलाए छ।

    Comment Author

    Jitendra Yadav

    हावा समाचार नबनाए हुन्छ काँग्रेसले यहाँबाट ल्याउने जम्मा भोट 200 हो ।

    Comment Author

    Nirmala Pudasaini

    Good

    Comment Author

    Deependra Shah

    Fake news

    Comment Author

    Shiva Shrestha

    Chaina janta tapai ko satth ?

    Comment Author

    B.p. Duwadi

    तेरो ताकत छ उपेन्द्र

    Comment Author

    Magar Kumar

    कठै बरा बल्ल बुधी पलाएछ ।कोङ्रेस ले लोप्पा खुवाए पछि ।

    Comment Author

    Madhav Pd Upadhayay

    Mr yadav aru lai garayara dakhayuno hoyena afnu party lai gitayara dakhyuna ma baharuri pramarit hunchha.

    Comment Author

    Khushi Ram Chaudhary

    J gare pani yadab harne nai ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?