डीपीएलः सोमपालको विष्फोटक ब्याटिङले धनगढीको जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
डीपीएलः सोमपालको विष्फोटक ब्याटिङले धनगढीको जित

सारांश

  • काठमाडौं, १९ चैत ।
  • सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ ।
  • सोमपालले १५ बलमा ३९ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए ।

काठमाडौं, १९ चैत । सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ ।

सोमपालले १५ बलमा ३९ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए । सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै धनगढीको जितमा रोहन मुस्तफाले ४० रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच सोमपालले १० हजार नगद प्राप्त गरे ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रेको अत्तरियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

अत्तरियाका लागि विपिन चन्द्रा र प्रेम तामाङले सर्वाधिक २८ रन जोडे । यस्तै, कुशल भुर्तेलले २५ र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे । उनीहरुसँगै कृष्ण कार्कीले १४, गौरव चितकारा र सुवास खकुरेलले समान १३ रन जोडे ।

बलिङतर्फ धनगढीका ललितसिंह भण्डारीले सर्वाधिक तीन विकेट लिए । ४ ओभरको स्पेलमा उनले २४ रन खर्चेका थिए । धनगढीका विदेशी खेलाडी तथा यूएईका कप्तान रोहन मुस्तफाले २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ३५ रन खर्चेका थिए । यस्तै, सामसद शेख र सोमपाल कामीले समान १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?