ऋषि धमलासँग अन्तरवार्ता दिएका बानियाँ र बस्न्यातमाथि कारबाही : यस्तो थियो कुराकानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • चैत २२, काठमाण्डौ ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा अन्तरवार्ता दिएको भन्दै नेपाली सेनाले दुई जना पूर्व सहायक रथीलाई कारबाही गरेको छ ।
  • पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सार्वजनिक रुपमा जथाभावी नबोल्न सचेत गराएको हो ।

चैत २२, काठमाण्डौ । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा अन्तरवार्ता दिएको भन्दै नेपाली सेनाले दुई जना पूर्व सहायक रथीलाई कारबाही गरेको छ ।

पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सार्वजनिक रुपमा जथाभावी नबोल्न सचेत गराएको हो । कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार सचेत गराइएको हो ।

पत्र नै पठाएर औपचारिक रुपमासमेत सचेत गराइने बताइएको छ । बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषयमा अन्तरवार्ता दिएका थिए । त्यसक्रमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेका थिए ।

बानियाँले प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारीसँग तुलना गरेका थिए । त्यसैगरी विधेयकले खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत’ राखेको उनको टिप्पणी बानियाँले गरेका थिए । त्यसैगरी
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पक्षमा पनि सरकारको नीति विपरित कुरा गरेको आरोप लगाइएको छ । बस्न्यातले प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिन पिङको नक्कल गरेको आरोप लगाएका थिए ।

उनले ‘पिपल पाते’ तरिकाले सेना परिचालन गर्नु नहुने बताएका थिए । त्यस्तै खल्तीबाट सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको जिकिर थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोटमा टिपरको ठक्करबाट मृत्यु
पाल्पाको बगनासकाली गाउँपालिकामा पहिरो : सहचालक पुरिए, स्काभेटर गायब
पाल्पाको बगनासकाली गाउँपालिकामा पहिरो : सहचालक पुरिए, स्काभेटर गायब
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
गोरखा अस्पतालको फोहर व्यवस्थापनमा समस्या
गोरखा अस्पतालको फोहर व्यवस्थापनमा समस्या
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले
संघीय संसद-दोस्रो अधिवेशनको तालिका यस्तो छ…
संघीय संसद-दोस्रो अधिवेशनको तालिका यस्तो छ…
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
Budget implementation rate falling for lack of capacity of government agencies
Budget implementation rate falling for lack of capacity of government agencies
काठमाडौँमा वुधवार कति कोरोना संक्रमित थपिए ?