जनस्तरबाट सामुदायिक स्वास्थ्य सेवा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
४४ पटक हेरिएको
Shares
जनस्तरबाट सामुदायिक स्वास्थ्य सेवा !

सारांश

  • काठमाडौँ, १४ साउन ।
  • स्वयम्भू डल्लुक्षेत्रका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ३७ वर्षअघि जनस्तरबाट स्थापित सामुदायिक स्वास्थ्य सेवा परिषद्को ‘ब्लक बी’ भवन विस्तार हुने भएको छ ।
  • परिषद्का संस्थापक अध्यक्ष रत्ननारायण ‘न्हुजवा’ सायमीको अगुवाइमा तीन दशकअघि स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त संस्था स्थापना भएको हो ।

काठमाडौँ, १४ साउन । स्वयम्भू डल्लुक्षेत्रका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ३७ वर्षअघि जनस्तरबाट स्थापित सामुदायिक स्वास्थ्य सेवा परिषद्को ‘ब्लक बी’ भवन विस्तार हुने भएको छ ।

परिषद्का संस्थापक अध्यक्ष रत्ननारायण ‘न्हुजवा’ सायमीको अगुवाइमा तीन दशकअघि स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त संस्था स्थापना भएको हो । सो भवन काठमाडौँ महानगरपालिकाको रु एक करोड ७० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । स्थानीय जनताको सहयोगमा २६०.७५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको दुईतले सो भवन आगामी २०७६ सालको जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

कामपाको सहयोगमा निर्माण गरिने सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै संस्थाले डल्लुका जनतालाई दिदै आएको स्वास्थ्य सराहनीय रहेको बताए । भवन निर्माण गर्न रु ६४ लाखको बजेट छुट्याइएको छ । प्रमुख शाक्यले सामुदायिक स्वास्थ्य सेवा विस्तार गर्न भवनको नक्शामा चार तला उल्लेख भएअनुसार निर्माण गर्न कामपाले बजेट उपलब्ध गराउने वचन दिए । कामपा वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलले आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई सस्तो, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न संस्था स्थापना गरिएको जानकारी दिए ।

उनले सामुदायिक स्वास्थ्य सेवा भवनलाई केही वर्षभित्रै ५० श्ययाको सामुदायिक अस्पतालको रुपमा विकास गर्ने जानकारी दिए । सामुदायिक स्वास्थ्य सेवा परिषद्का महासचिव मुकुन्दप्रसाद पाण्डेले ३७ वर्षअघि एउटा सिटामोल पनि किन्न नपाइने डल्लु आवास क्षेत्रमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सायमीको पहल बिर्सन नसकिने बताउँदै यसलाई छ वर्षभित्र सामुदायिक अस्पतालका रुपमा विकास गर्ने योजना रहेको बताए ।

परिषद्का संयोजक डंगोलले परिषद्को भवन पछाडिको ब्लक बि निर्माणपछि स्वास्थ्य सेवा थप विस्तार हुने विश्वास व्यक्त गरे। सो संस्थाले १५ चिकित्सकमार्फत हाल नाक, कान, घाँटी, अल्ट्रासाउण्ड आदि सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?