जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

सारांश

  • काठमाडौं।
  • नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ।
  • यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।

काठमाडौं। नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।

यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ। नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो।

लिग-२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहाेरेको छ र अंक तालिकामा सातौं स्थानमा छ। लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन्। जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ। त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री
विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की
विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
मोदी र ओलीको भेटपछि नेपाललाई हिन्दु राष्ट्र बनाउने सहमति हुने डा. लोहनीको खुलासा
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
सुनसरीको बर्जुमा एमाले विजयी
सुनसरीको बर्जुमा एमाले विजयी
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही

तपाईंले छुटाउनुभयो कि?