कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०८०
|
|
२९ पटक हेरिएको
Shares
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)को प्रदेश संसदीय दलको नेतासमेत रहेका सांसद हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
  • सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)को प्रदेश संसदीय दलको नेतासमेत रहेका सांसद हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनको शपथ केहीबेरमा हुनेछ । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको बुझिएको छ ।

(https://www.saasgenius.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?