विराट गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
विराट गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

सारांश

  • विराटनगर,चैत २३।
  •   मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्रीस्टार क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • विराटनगरस्थित शहीद रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङको चुनौती २-१ गोलले पन्छाउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

विराटनगर,चैत २३।  मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्रीस्टार क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङको चुनौती २-१ गोलले पन्छाउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफसम्म १-० गोलले अगाडि रहेको मनाङलाई अन्तिम समयमा थ्रीस्टारले निराश तुल्यायो । उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएको थ्रीस्टारको जितमा विमल घर्तीमगर र विदेशी खेलाडी मार्टिनले एकएक गोल गरे

खेलको १९औं मिनेटमा मनाङले अग्रता लिएको थियो । सुवास गुरुङको पासमा विशाल राईले डीबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्दा थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले कुनै मौकै पाएनन् । खेलको ७१औं मिनेटमा विमल घर्तीमगरले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई खेलमा फर्काएका थिए । मनाङका गोलरक्षक विशाल श्रेष्ठले मार्टिनलाई डीबक्सभित्र ‘ट्याकल’ गरेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । ७५औं मिनेटमा मार्टिनले गोल गर्दै थ्रीस्टारलाई २-१ को अग्रता दिलाएका थिए । विमलको लङ पासमा मार्टिनले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थ्रीस्टारले शनिबार हुने दोस्रो सेमिफाइनलमा संकटाको सामना गर्नेछ ।

१० औं मिनेटमा अनन्त तामाङको हेड पोस्टमाथिबाट बाहिरिँदा थ्रीस्टारले अग्रता लिन सकेन । ३७औं मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका अन्जन विष्टको प्रहार दायाँ बार हुँदै बाहिरिँदा मनाङ दोस्रो गोल गर्नबाट चुक्यो । ५८औं मिनेटमा वान भर्सेस वानमा थ्रीस्टारका मार्टिनको प्रहारलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले बचाएका थिए । लगत्तै रुपेश केसीको प्रहार पनि गोलरक्षक श्रेष्ठले विफल पारे । ७८ औं मिनेटमा अन्जनको हेड पोस्टमाथिबाट बाहिरिएको थियो । ८३औं मिनेटमा अन्जनको पासमा विमल रानाको हेड असफल हुँदा मनाङ पाँचौं पटक थ्रीस्टारसँग पराजित हुन पुग्यो ।

तीन महिनायता विराट गोल्डकपसहित मनाङले थ्रीस्टारसँग पाँचौं पटक पराजय भोग्न पुग्यो । गत सोमबार मात्रै मदन भण्डारी गोल्डकपको फाइनलमा मनाङ थ्रीस्टारसँग पराजित भएको थियो । यस्तै इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकपमा पनि थ्रीस्टार विजयी बनेको थियो । बुटवलमै सम्पन्न तिलोत्तमा गोल्डकप र चितवनमा सम्पन्न विकास रनिङ सिल्डमा पनि थ्रीस्टारले मनाङलाई पाखा लगाएको थियो ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले मनाङ र थ्रीस्टारको खेललाई नेपालमा विशेष रुपले हेर्ने गरिएको बताए । उनले मनाङका तुलनामा राम्रो प्रदर्शन गर्न सकेका कारण नतिजा आफ्नो पक्षमा आएको बताए । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीले राम्रो प्रदर्शन गर्दागर्दै पनि हार बेहोर्नु परेको बताए ।

खेलको म्यान अफ दी म्याच थ्रीस्टारका मार्टिन घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । शुक्रबार त्रिभुवन आर्मी क्लब र झापा-११ बीच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
दलितलाई निःशुल्क शिक्षा
दलितलाई निःशुल्क शिक्षा
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
आज काठमाडौं महानगरमा सार्बजनिक बिदा
आज काठमाडौं महानगरमा सार्बजनिक बिदा
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
कट्रिना कैफका होली बिशेष तस्विरहरु
कट्रिना कैफका होली बिशेष तस्विरहरु