साफ च्याम्पियनसिप: नेपालले एक गाेल खायाे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिप: नेपालले एक गाेल खायाे

सारांश

  • ढाका (बंगलादेश), १९ भदाै ।
  • साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पछि परेको छ ।
  • खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।

ढाका (बंगलादेश), १९ भदाै । साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पछि परेको छ ।खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । नेपालका कप्तान विराज महर्जनले फल गरेका थिए ।

पाकिस्तानका हसन नविद बासिरले गोल गर्दै १-० गोलको अग्रता दिलाएका हुन् । अहिले नेपाल १-० गोलले पछि परेको छ ।बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल जारी छ ।खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर चुकाउँदा अग्रता बनाउन सकेन । त्यस्तै, खेलको २४ औं मिनेटमा विमल घर्तीमगरले राम्रो बल निकालेका थिए ।

एकपछि अर्को आक्रामक खेल खेलको नेपालका लागि २५ औं मिनेटमा कप्तान विराज महर्जनले प्रहार गरेको बल पाकिस्तानका गोलकिपर युसाफ इजाज बुटले बचाए सहजै नियन्त्रणमा लिएका थिए ।खेलको ३३ औं मिनेटमा नवयुग श्रेष्ठले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । उनले पोलभन्दा केहीमाथि प्रहार गरेका थिए ।समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?