बजेट कार्यान्वयनमा सांसदको जोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०८०
|
|
१९ पटक हेरिएको
Shares
बजेट कार्यान्वयनमा सांसदको जोड

सारांश

  • काठमाडौँ ।
  • सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् ।
  • राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरुले बजेट कार्यान्वयनका आधारबारे प्रश्न गरे ।

काठमाडौँ । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरुले बजेट कार्यान्वयनका आधारबारे प्रश्न गरे ।

आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै बजेट कार्यान्वयन गर्ने उल्लेख भए पनि कुन विधिद्वारा कार्यान्वयनमा गर्ने भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

सांसद जयन्ती राईले बजेटमा नयाँ विषय समावेश गरिएको, प्रगतिशील कार्यक्रम र विकासका योजना समेटिएको उल्लेख गर्दै जस्ताकोतस्तै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख गर्दै बजेटलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर जानुपर्ने बताए । “बजेटको कार्यान्वयन सही ढङ्गले होस्, आम नागरिकले यसको प्रतिफल प्राप्त गर्न सकून्”, उनले भने ।

सांसद जीतेन्द्रनारायण देवले नेपालको आर्थिक परिस्थितिको सन्दर्भमा बजेट सन्तुलित, व्यवहारिक र राष्ट्रहितमा केन्द्रित रहेको बताए । सांसद देवेन्द्र दाहालले बजेटमा सांसदले उठाएका विषय सम्बोधन गर्ने अवस्था नरहे बजेटमाथि छलफल गर्नुको अर्थ नभएको बताए ।

सांसद हरिराम चौधरीले अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा पुगेर अलपत्र परेका, मृत्यु भएका श्रमिकको उद्धारमा बजेटले ध्यान दिन नसकेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
फुटबलबाट सन्यास लिनेबारे लियोनल मेस्सीले मुख खाेले
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ
राष्ट्रपति निर्वाचनमा मतदान शुरु
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?