मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २३, २०७७
|
|
५४ पटक हेरिएको
Shares
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

सारांश

  • महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ ।
  • आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ ।
  • सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ ।

महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।

दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई÷तीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दशैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ”, उहाँले भन्नुभयो ।

मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्रि जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।

घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन । सकभर कमै हिँड्नुस्”, उहाँले भन्नुभयो ।

तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चमत्कार’ बाट उपचारको दाबी गर्ने यी विवादास्पद भारतीय को हुन्
‘चमत्कार’ बाट उपचारको दाबी गर्ने यी विवादास्पद भारतीय को हुन्
नेपालमा भ्रष्टाचार चिन्ताजनक, ३१ अंक प्राप्त
नेपालमा भ्रष्टाचार चिन्ताजनक, ३१ अंक प्राप्त
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
नियमावली संशोधन मस्यौदा समितिको बैठक
नियमावली संशोधन मस्यौदा समितिको बैठक
वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !
वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
काठमाडौंको गौरीघाटमा छठ पर्वको भव्य तयारी
काठमाडौंको गौरीघाटमा छठ पर्वको भव्य तयारी
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?