कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली
सारांश
- काठमाडौं ।
- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् ।
- सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताए ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् ।
सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताए ।
“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उनले भने, “हामी नामकरणबाट भाग्दैनौँ ।” गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया