‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
३५ पटक हेरिएको
Shares
‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य

सारांश

  • बाँके, २ पुस,सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन ।
  • बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ ।
  • प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको हो ।

बाँके, २ पुस,सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन ।
बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको हो ।
दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द रहेको छ । कार्यक्रम बन्द भएपछि उक्त कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थालाई मसुरो उत्पादनका लागि वितरण गरिएका कृषि सामग्री कुन अवस्थामा छन् र ती कृषकले कस्तो काम गरिरहेका छन् भन्ने जानकारीसमेत लिइएको छैन ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ सदस्य सचिव रहने जिल्लास्तरीय समितिमा कृषि विकास कार्यालय, सहकारी विभाग, जिल्ला विकास समितिको प्रतिनिधित्व हुने गरेको थियो । सोही समितिले कृषि सहकारी छनोट गरी कार्यक्रम दिने गरेको थियो । बाँकेमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मसुरो खेतीलाई छनोट गरिएको थियो ।
माटो सुहाँउदो खेती भएकाले मसुरो उत्पादन वृद्धि गरी स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्य राखिए पनि उक्त लक्ष्य पाउन गरिएको लगानीले शून्य नतिजा दिएको छ । उक्त कार्यक्रमको सदस्य सचिवका रुपमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख अजयसिंह सिजापतिले बजेट नआएपछि दुई वर्ष अघिदेखि कार्यक्रम बन्द अवस्थामा रहेको बताउनुभयो ।

कृषि विकास कार्यालय, सहकारी डिभिजन र जिल्ला विकास समिति खारेज भई नयाँ संरचनामा गएपछि पनि कार्यक्रम अघि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालनमै अन्यौल छ ।” बाँकेमा कृषकलाई यस कार्यक्रमअन्तर्गत मसुरोको बीउ, हाते ट्र्याक्टर जस्ता कृषि सामग्री दिएको थियो । उक्त सामग्रीको प्रयोगको अवस्थाबारे समेत अहिले कसैले चासो देखाएको छैन ।

(https://www.banucciteam.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
नेपालले मलेसियालाई ५ विकेटले हरायो
नेपालले मलेसियालाई ५ विकेटले हरायो
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
माघ १० गते पत्रपत्रिकामा छापिएक कार्टुनहरु
माघ १० गते पत्रपत्रिकामा छापिएक कार्टुनहरु
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
बम्जनलाई महोत्तरी कारागार पठाइयो
बम्जनलाई महोत्तरी कारागार पठाइयो
डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !
डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
सन्नी लियोनिको बायोपिक विवादमा
सन्नी लियोनिको बायोपिक विवादमा

तपाईंले छुटाउनुभयो कि?