पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन

सारांश

  • पोखरा।
  • पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ।
  • करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ।

पोखरा। पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ। करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ।

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन।

जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो। यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए। अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ। एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?