बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण

सारांश

  • काठमाडौं ।
  • काठमाडौं प्रहरी परिसरले पूर्व डीआईजी तथा बहालवाला सांसद नवराज सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको छ ।
  • काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार कार्य सम्पादन मुल्यांकन कीर्ते सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने भएकाले सिलवाललाई उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार गरिएको हो ।

काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्व डीआईजी तथा बहालवाला सांसद नवराज सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार कार्य सम्पादन मुल्यांकन कीर्ते सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने भएकाले सिलवाललाई उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार गरिएको हो ।

सर्वोच्च अदालतले कार्य सम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारलाई भनेको थियो । सोही अनुसार प्रहरीले यस सम्बन्धमा छानविन अघि बढाएको छ ।

सिलवाल पनि मुछिएकाले उनलाई बयानका लागि बोलाइएको प्रहरीले जानकारी दिएको छ । ललितपुरमा रहने भएकाले सिलवाललाई काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन पत्राचार गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?