गगन थापाका पीए, रवीन्द्रका दाहिना !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
गगन थापाका पीए, रवीन्द्रका दाहिना !

सारांश

  • काठमाडौँ,११ मंसिर ।
  • सुशासन कायम गर्नका लागि गठन भएको केपी ओली सरकारका मन्त्रीहरु नेकपालाई माया गर्ने भन्दा पनि बदनाम गर्नेहरुको घेरामा पर्दै मनपरी निर्णय गर्न थालेका छन् ।
  • प्रधानमन्त्री ओलीले अनावश्यक विदेश भ्रमण नगर्न भनिरहेका छन् ।

काठमाडौँ,११ मंसिर । सुशासन कायम गर्नका लागि गठन भएको केपी ओली सरकारका मन्त्रीहरु नेकपालाई माया गर्ने भन्दा पनि बदनाम गर्नेहरुको घेरामा पर्दै मनपरी निर्णय गर्न थालेका छन् । प्रधानमन्त्री ओलीले अनावश्यक विदेश भ्रमण नगर्न भनिरहेका छन् । तर प्रधानमन्त्री ओलीको निर्देशन उपेक्षा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उपसचिव रामकृष्ण लामिछानेलाई रातारात निर्णय गरी संस्कृति सम्बन्धी कार्यक्रममा भाग लिन जेनेभामा पठाएका छन् ।

उपसचिव लामिछाने चिनिएका कांग्रेस समर्थक कर्मचारी हुन् । उनी गगन थापा स्वास्थ्य मन्त्री हुँदा उनका पीए थिए । र, गएको मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा उनले गगन थापाको पक्षमा चुनावी क्याम्पेनिङ नै गरेको साविक एमाले निकट कर्मचारीहरुसँग प्रमाण छ । तर तिनै लामिछाने अहिले पर्यटन मन्त्रालयका मन्त्री अधिकारीका दाहिना हुन् । कास्कीमा विवाह गरेकाले मन्त्री अधिकारी उनलाई ज्वाइको नाता लगाउने गर्दछन् । अमेरिकाबाट फर्किएको एक साता नपुग्दै उपसचिव लामिछानेलाई यूरोपमा पठाएका हुन् । जेनेभामा संस्कृति महाशाखा प्रमुख सहसचिव भरतमणि सुवेदी नै जानुपर्ने कार्यक्रम हो । तर संस्कृतिको स पनि थाहा नभएका उपसचिव लामिछानेलाई पठाइएकोमा मन्त्रालयभित्रै मन्त्री अधिकारीको मनपरीतन्त्रलाई लिएर टिकाटिप्पणी हुन थालेको छ । उपसचिव लामिछानेलाई जेनेभा पठाउनका लागि शुक्रबार मात्र उनलाई पूर्वाधार शाखा सहित संस्कृति शाखा प्रमुखको जिम्मेवारी दिइयो ।

उनले न संस्कृति सम्बन्धी कुनै काम गरेका छन्, न त कुनै जानकारी छ । तर मन्त्री अधिकारीले तिनै लामिछानेलाई पठाउनुको कारण कोसेली भएको चर्चा मन्त्रालयमा छ । अमेरिकाबाट मूल्यवान कोसेली ल्याएर दिएको र जेनेभाबाट पनि ल्याउनेगरी अघिल्लो दिन शाखा परिवर्तन गरी भोलिपल्ट जेनेभा मनोनयन गरिएको आरोप मन्त्रीमाथि छ ।दृष्टि साप्ताहिकका अनुसार   त्यसो त मन्त्रालयमा अरु उपसचिव कामविहीन छन् । तर गगन थापाका विश्वासपात्र उपसचिव लामिछानेलाई मन्त्री अधिकारीले पर्यटनमा आकर्षणका हिसाबले १ र २ नम्बरका रुपमा लिइने पूर्वाधार र संस्कृति शाखाको प्रमुख बनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केशोर र बयरको माग बढ्दै
केशोर र बयरको माग बढ्दै
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
सिभिल इन्जिनियरको अपराध यात्रा :  अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
सिभिल इन्जिनियरको अपराध यात्रा : अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कञ्चनपुर घटनाजस्तै मुस्ताङ घटना हुँदा चीनले माफी मागेको थियो ?
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
वालीकाको बलात्कार पछि हत्या प्रयास ।
वालीकाको बलात्कार पछि हत्या प्रयास ।
आजको राशीफल
आजको राशीफल
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको

तपाईंले छुटाउनुभयो कि?