सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण

सारांश

  • राइनास, लमजुङ, १६ फागुन,नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ ।
  • नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो ।
  • राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी वरपर सरसफाइ गरी फोहर व्यवस्थापन गर्नेलगायतका काम गरेको श्री जङ गणका गणपति माधव थापाले जानकारी दिनुभयो ।

राइनास, लमजुङ, १६ फागुन,नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो ।

राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी वरपर सरसफाइ गरी फोहर व्यवस्थापन गर्नेलगायतका काम गरेको श्री जङ गणका गणपति माधव थापाले जानकारी दिनुभयो ।

जीर्ण संरचना मर्मतका लागि ३० जनाको टोली खटाइनुका साथै पुनःनिर्माणका लागि आवश्यक सामग्री पनि श्रीजङ गणले नै जुटाएको गणपति थापाले बताउनुभयो । ।

केही दिन अघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गढीको स्थलगत अवलोकन गर्दा ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि लमजुङस्थित श्रीजङ गणलाई मर्मतका लागि निर्देशन दिनुभएको थियो ।

गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राइनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ । पछिल्लो समय राइनासमा होमस्टे शुरु भएपछि दैनिक आन्तरिक एवं बाह्य पर्यटकको आगमन हुन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?