पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम

सारांश

  • एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो एमाले र माओवादीको गठबन्धन भत्काउँदै पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
  • रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमन थापा ८ हजार ८ सय ८५ मतसहित विजयी हुनुभएको हो ।
  • उपाध्यक्षमा पनि कांग्रेसकै विष्णुदेवी घिमिरे  ८ हजार ५ सय २८ मतसहित विजयी हुनुभयो ।
एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो

एमाले र माओवादीको गठबन्धन भत्काउँदै पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमन थापा ८ हजार ८ सय ८५ मतसहित विजयी हुनुभएको हो ।

उपाध्यक्षमा पनि कांग्रेसकै विष्णुदेवी घिमिरे  ८ हजार ५ सय २८ मतसहित विजयी हुनुभयो ।  मेयर पदमा प्रतिस्पर्धी नेकपा एमाले र माओबादी केन्द्रका संयुक्त उम्मेदवार नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ७,६,७६ र उपमेयर पदमा प्रतिस्पर्धी नेकपा एमालेकी दुर्गादेवी रानाले ७,९,२४ मत प्राप्त गर्नुभयो । रामपुर नगरपालीकामा १७,२,३८ मत खसेको थियो ।

खोटाङको खोटेहाङ गाउँपालिकामा एमाले विजयी

खोटेहाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदीप राई विजयी हुनुभएको छ । उहाँले ३१२७ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेकै कविता राई ३०२० मत ल्याएर विजयी हुनुभयो । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजन ढकालले २६८२ मत साथै उपाध्यक्षमा माओवादी केन्द्रकै शुशिल वान्तवा राईले २३०९ मत ल्याउनुभयो ।

बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादी विजयी
 बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादीका उम्मेदवार विजयी हुनुभएको छ । बारबर्दियाको मेयरमा माओवादीका दुर्गा बहादुर थारु (कविर) ले ११ हजार ४२ मत ल्याएर विजयी हुनुभयो  । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका राम बहादुर चौधरीले ८ हजार ६ सय ४५ मत ल्याउनुभयो । यस्तै उपमेयरमा माओवादीकी अञ्जु दहित ११ हजार ११ मत ल्याएर विजयी हुनुभयो  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?