को बन्ला शेर्पा विद्यार्थीको नेता ?
सारांश
- नेपाल शेर्पा विद्यार्थी संघको १२ औं महाधिवेशन माघ ११ गते हुने भएको छ ।
- लक्ष्य एक बाटो अनेक आजको विद्यार्थी भोलीको नेतृत्व भन्ने नारा सहित आयोजना हुने महाधिवेशनको अहिले तीव्र तयारी भईरहेको संस्थाका अध्यक्ष आचार्य साङगे मिङमा शेर्पाले बताए ।
- महाधिवेशन काठमाडौँको कुमारीगालस्थित ज्योति पार्टी प्यालेसमा हुँदैछ ।
नेपाल शेर्पा विद्यार्थी संघको १२ औं महाधिवेशन माघ ११ गते हुने भएको छ । लक्ष्य एक बाटो अनेक आजको विद्यार्थी भोलीको नेतृत्व भन्ने नारा सहित आयोजना हुने महाधिवेशनको अहिले तीव्र तयारी भईरहेको संस्थाका अध्यक्ष आचार्य साङगे मिङमा शेर्पाले बताए ।
महाधिवेशन काठमाडौँको कुमारीगालस्थित ज्योति पार्टी प्यालेसमा हुँदैछ । महाधिवेशनमा विभिन्न १३ वटा जिल्ला शाखा साथै ८ वटा क्याम्पस इकाईका प्रतिनिधी, परिवेक्षकहरुको सहभागिता हुने अध्यक्ष शेर्पाले जानकारी दिए ।
साधरण सदस्य लिनेहरुका लागि फाराम आह्वान समेत गरेको छ । संघले शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृक्ति वितरण र सामाजिक न्यायका लागि क्रियाशिल संघले विभिन्न कार्यहरु गर्दै आएको छ । साढे २ दशकदेखि अस्तित्वमा रहेको शेर्पा विद्यार्थी संघले शेर्पा युवाहरुको शैक्षिक क्षेत्रमा प्रतिष्पर्धात्मक सहभागिताका लागि वकालत र आवाज उठाउँदै आइरहेको छ ।
प्रतिक्रिया