गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै

सारांश

  • ललितपुर, १९ वैशाख, लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ ।
  • आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ ।
  • अहिले संख्या त्योभन्दा बढिरहेको केन्द्रमा कार्यरत हेल्थ असिस्टेण्ट अर्जुन लाबदले बताउनुभयो ।

ललितपुर, १९ वैशाख, लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ । अहिले संख्या त्योभन्दा बढिरहेको केन्द्रमा कार्यरत हेल्थ असिस्टेण्ट अर्जुन लाबदले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै ६० नाघिसकेको छ र यो संख्या अझै बढ्न सक्नेछ ।”

स्वास्थ्य संस्था र गर्भपतन गराउन दक्ष जनशक्ति दुबै सूचीकृत भएपछि केन्द्रले गर्भपतन सेवा शुरु गरेको हो । केन्द्रमा औषधिबाट र सर्जिकल गरेर दुबै खालका गर्भपतन सेवा उपलब्ध छ । नौ हप्तासम्मको गर्भ औषधिबाट र नौ हप्तादेखि १२ हप्तासम्मको गर्भपतन सर्जनबाट मेसिनबाट गर्ने लाबद बताउनुहुन्छ ।

नौ हप्ता भन्दा कममा पनि महिलाले चाहदा मेसिनको प्रयोगबाट गर्भपतन हुन्छ । उहाँ भन्नुहुन्छ, “औषधिको प्रयोग गर्दा एक मात्रा स्वास्थ्य संस्थामा प्रयोग गरेर बाँकी घरमा नै गर्न हुने भएकाले महिलाले औषधि नै रुचाउँछन् ।”

हाडनाता करणी, बच्चा जन्मदा आमाको स्वास्थ्यलाई असर पर्नेलगायतका अवस्थामा मात्रै १२ हप्तादेखि १८ हप्तासम्मको संस्थागत क्लिनिकहरुले गर्भपतन सेवा दिइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?