ब्राजिलमा त्रास फैलाउँदै ‘एलो फिवर’
सारांश
- ब्राजिलमा ‘एलो फिवर’ नामक ज्वरोका कारण १५ जनाको मृत्यु भएपछि स्वास्थ्य क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
- गत डिसेम्बरदेखि फैलिएको ज्वरोका कारण कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने सय भन्दा बढी संक्रमित भएको बताइएको छ ।
- ज्वरोले ब्राजिलको बेलो होरिजोन्टे शहरका बालबालिका बढी प्रभावित भएका छन् भने अन्य शहरमा पनि यो ज्वरोको प्रकोप फैलिएको खबरहर आएका छन् ।
ब्राजिलमा ‘एलो फिवर’ नामक ज्वरोका कारण १५ जनाको मृत्यु भएपछि स्वास्थ्य क्षेत्रमा आपतकाल घोषणा गरिएको छ । गत डिसेम्बरदेखि फैलिएको ज्वरोका कारण कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने सय भन्दा बढी संक्रमित भएको बताइएको छ । ज्वरोले ब्राजिलको बेलो होरिजोन्टे शहरका बालबालिका बढी प्रभावित भएका छन् भने अन्य शहरमा पनि यो ज्वरोको प्रकोप फैलिएको खबरहर आएका छन् । रोग नियन्त्रण गर्न तीनवटा राज्यमा विभिन्न ठाउँमा स्वास्थ्य टोली परिचालन गरी शिविर सञ्चालन गरिएको ब्राजिल सरकारले जनाएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग ब्राजिलका धेरै बालबालिकाको संक्रमण फैलिएको आशंका गरिएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनले ब्राजिल भ्रमण गर्ने प्रत्येक पर्यटकले यस रोगविरुद्धको खोप लगाउन सुझाव दिएको छ ।
प्रतिक्रिया