क्यान्सरसँग लडिरहेकी साेनालीलाई सम्झेर राेए यी कलाकार !
सारांश
- बलिउड अभिनेत्री साेनाली बेन्द्रे यतिबेला क्यान्सर जस्ताे घातक राेगबाट पिडित छिन् ।
- उनकाे उपचार अमेरिकामा भैरहेकाे छ ।
- उनका फ्यानहरुले विभिन्न ठाउँबाट शिघ्र स्वास्थ्य लाभकाे कामना गरिरहेका छन्।
बलिउड अभिनेत्री साेनाली बेन्द्रे यतिबेला क्यान्सर जस्ताे घातक राेगबाट पिडित छिन् । उनकाे उपचार अमेरिकामा भैरहेकाे छ । उनका फ्यानहरुले विभिन्न ठाउँबाट शिघ्र स्वास्थ्य लाभकाे कामना गरिरहेका छन्।
साेनाली भारतिय रियालिटि शाे इण्डियाज बेस्ट ड्रामेबाज मा जज थिइन् । हालै यस शाे मा भएकाे एउटा क्यान्सर सम्बन्धी एक्टले जजहरुलाई भावुक बनायाे । तिन जज मध्येका एक विवेक अब्राेय भने अाफ्नाे अाँशु थाम्न सकेनन् । खासमा उनी अाफ्ना साथी साेनालीलाई याद गरिरहेका थिए । जाे साँचिकै क्यान्सरसँग लडिरहेकी थिइन । साेनाली र विवेकले केही कार्यक्रमहरुमा सँगै काम गरेका छन् । त्याे मध्येकाे एक इण्डियाज बेस्ट ड्रामेबाज पनि हाे ।
विवेक बलिउडका एक चकलेटि हिराेका रुपमा चिनिन्छन् । उनी रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि काेमल हृदय भएका व्यक्ति रहेकाे यहीँबाट पुष्टि हुन्छ ।

विवेकले अाफू दिनहुँ साेनालीका लागि प्रार्थाना गरेकाे र उनलाई धेरै मिस गरेकाे बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया