विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !

सारांश

  • काठमाडौं, ७ असाेज ।
  • कुनै पनि रोग १५ मिनेटमा बिसेक हुन सक्छ ?
  • त्यो पनि कुनै वैज्ञानिक उपचारबिना ?

काठमाडौं, ७ असाेज । कुनै पनि रोग १५ मिनेटमा बिसेक हुन सक्छ ? त्यो पनि कुनै वैज्ञानिक उपचारबिना ? वरिष्ठ चिकित्सक डा. (Ultram) जागेश्वर गौतम भन्छन्, रोगको पहिचान र ठीक उपचार नभई बिसेक हुँदैन । १५ मिनेटमा रोगबाट मुक्ति त अझै सम्भव छैन । तर शनिबार नागरिक दैनिकमा ज्याकेट बिज्ञापन छापिएको छ । जहाँ ब्रह्मर्षि कुमार स्वामीजी नामक सद्गुरुले आयोजना गर्ने महासमागमा १५ मिनेटमै बिरामी ठीक हुने दावी गर्दै पीडितहरुलाई पशुपतिको वनकालीमा निमन्त्रणा गरेका छन् ।

वरिष्ठ चिकित्कस गौतम भन्छन्, १५ मिनेटमा रोगको उपचार होइन, जादुगरहरुले कुनै जादु चाहिँ देखाउन सक्छन् । उपचारका नाममा यस्तो हावादारी प्रचार गर्न पाइँदैन । मेडिकलको इथिक्सअनुसार यस्तो गर्न पाइँदैन ।वर्षाैं पुरानो रोग पनि तुरुन्तै बिसेक हुने, धन प्राप्ति हुने विज्ञापनमा दावी गरिएको छ । प्रश्न यो उठेको छ कि विज्ञापन छापेरै यसरी भ्रामक काम गर्न पाइन्छ ?विज्ञापनमा ब्रम्ह्र्षि कुमार स्वामी नामक व्यक्तिले विश्वमा चर्चित व्यक्तिहरुसँग खिचाएको फोटो पनि विज्ञापनमा छपाएका छन् । १५ मिनेटमै उपचार गरिने भनेर यस्तो दावी गर्दै विज्ञापन गरेर मान्छे बोलाउन नेपालको कानुनबमोजिम पाइन्छ ?

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य भन्छन्, यस्ता हावादारी काम गर्न पाइँदैन । यो त भ्रमको खेती नै भयो । मलाई पनि थाहा थिएन । जानकारी दिनुभयो धन्यवाद ।

विज्ञापनमा उल्लेख भएअनुसार ब्रम्हर्षिको महासमागममा जाँदा निम्नानुसार चमत्कार भएको उल्लेख छः

भगवान शिवजीको गुप्त पाठले डाक्टर र वैज्ञानिक हैरान ।

करोडौं मानिसलाई रोगबाट मुक्ति दिएकोले अमेरिकाले गर्यो सम्मान ।

भगवान शिव माँ दुर्गाको शास्त्रोक्त पाठको प्रभावबाट पश्चिम जगतका सरकारहरु चकित । एमबीबीएसको परीक्षामा गोल्ड मेडल ।

वर्षौै पुरानो एलर्जी तुरुन्तै ठीक ।

१५ वर्ष पुरानो सोराईसिस ५ मिनेटै जडैबाट समाप्त ।

कोमामा भएको व्यक्ति पनि होसमा आयो । बैंकमा नोकरी पाएको ।

मेडिकल साइन्सले ठीक गर्न नसकेको रोगको उपचार ।प्राध्यापक डाक्टरसमेत महासमागममा आउने गरेको ।

ब्लड क्यान्सरबाट पनि मुक्ति ।  

जनस्वास्थ्य विज्ञ डा. तुलसीराम भण्डारी भन्छन्, यसरी विज्ञापन गरेर जनस्वास्थ्यसम्बन्धी भ्रम फैल्याउन मिल्दैन । पैसा आउछ भन्दैमा मिडियाले यसरी विज्ञापन छाप्न हुँदैन । स्वास्थ्यसम्बन्धी हेर्ने निकायले पनि नियमन गर्नु पर्छ प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पनि यस्ता भ्रामक विज्ञापन प्रकाशित गर्न नमिल्ने बताए । उनले भनेपैसा आउँछ भन्दैमा मिडियाले यि खाले विज्ञापन प्रकाशित गर्नु हुँदैन । कसैले पैशाको बिटो बोकेर आयो भने उसले भनेअनुसार ज्यूँदो मान्छेको श्रद्धाञ्जलि छाप्न त सकिदैन होलानी ? यो विज्ञापन पनि ज्यूँदो मान्छेको श्रद्धाञ्जलि जस्तै त भयो ।

पशुपतिको वनकालीमा १५ मिनेटमा सबै रोगको निदान हुने महासमागम असोज ६ र ७ गते हुने भनिएको छ ।यस्ताे विज्ञापन प्रकाशित गर्ने संस्थाकाे नम्बर पनि प्रकाशित छ । तर कुनैमा पनि या त कल लाग्दैन, लागे पनि उठ्दैन । पत्रिकामा नेपालकाे नम्बर दिइएकाे छैन । सबै नम्बरहरू भारतीय छन् ।

(नेपालअाज बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?