क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

सारांश

  • स्याङ्जा, ४ वैशाख ।
  • चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ ।
  • हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी ९शब्दकोष०, साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिनुभयो ।

स्याङ्जा, ४ वैशाख । चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी ९शब्दकोष०, साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिनुभयो । गुठीले अहिलेसम्म रु ३२ लाख ८६ हजार ६३३ मूल्य बराबरका २६ लाख ४६२ थान पुस्तक हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो ।

चापाकोट क्याम्पस सञ्चालक समितिका मोहनप्रसाद आर्चाले गुठीबाट प्राप्त पुस्तकको व्यवस्थापनका लागि पुस्तकालयको निर्माण गर्ने बताउँदै पुस्तकालयको व्यवस्थापन गर्न स्रोतको खोजीमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।

गुठीले पहिलो पटक गोरखाको दव्र्यशाहा बहुमुखी क्याम्पस गोरखामा दुई हजार ५६१ थान पुस्तक हस्तान्तरण गरेर आफ्नो पुस्तक यात्रा शुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?