रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३४ पटक हेरिएको
Shares
रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता

सारांश

  • चितवन ।
  • आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् ।
  • आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

चितवन । आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् ।

आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ रहेका छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताए । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको बताए । आफू निर्वाचनका लागि उत्साहित भएको उनको भनाइ थियो । निर्वाचनलाई निर्वाचनकैरुपमा लिएको बताउँदै उनले आफू निर्वाचित हुनेमा आशावादी र उत्साहित रहेको बताए ।

मुलुकको समृद्धि, सुशासन, राजनीतिमा एउटा शुद्धता, आगामी पुस्ताको सुन्दर भविष्य कोर्न तथा लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ । लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताए । “उपचुनाव हुनुमा मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु”, उनले भने ।

नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको भन्दै उनले भने, “मैले अमेरिकाको नागरिकता सन् २०१८ मै त्यागेको हो । संविधानमा त्यसरी त्यागेको मितिले तीन महिना भनेकाले त्यसले मलाई असर गर्दैन ।”

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्ने उहाँ पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । लामिछाने यसअघि गत मङ्सिरमा समपन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उहाँको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गरेका थिए ।

चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगाको भुंग्रोमा रास्वपा
आगाको भुंग्रोमा रास्वपा
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै
दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
पत्रकार राजु बस्नेत सर्वोच्चको आदेशले छुटे लगत्तै पुन: पक्राउ परे
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
विश्वकप खेल्न ब्राजिल र अर्जेन्टिनाको टोली घोषणा,  टोलीमा को–को परे ?
विश्वकप खेल्न ब्राजिल र अर्जेन्टिनाको टोली घोषणा, टोलीमा को–को परे ?
‘Dhadak’ director reveals the atmosphere on sets after Janhvi Kapoor resumed shooting post Sridevi’s demise!
‘Dhadak’ director reveals the atmosphere on sets after Janhvi Kapoor resumed shooting post Sridevi’s demise!
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?